सेयर बजार सम्बन्धी महत्वपूर्ण सूचना बेच्ने नेप्सेको कार्यमा धितोपत्र बोर्डको हस्तक्षेप

  २०७७ माघ १८ गते २०:४१     विकासन्युज

काठमाडौं । सेयर सम्बन्धी तथ्याङ्क बेचेर कमाई गर्ने नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को नीतिप्रति पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले असहमति जनाउँदै हस्तक्षेप गरेको छ । बोर्डले पुँजीबजार सम्बन्धी महत्वपूर्ण सूचनामा आफूखुशी शुल्क तोक्ने र बेच्ने नेप्सेको निर्णय गलत भएको भन्दै त्यसबारे स्पष्टीकरण सोधेको हाे ।

धितोपत्र बोर्डले स्पष्टीकरण सोधपछि नेप्सेले सेयर सम्बन्धी तथ्याङ्क बिक्री वितरण तत्कालको लागि स्थगित गरेको जवाफ धितोपत्र बोर्डलाई दिएको छ । साथै नेप्सेले पुँजी बजार सम्बन्धी तथ्याङ्क बिक्रीको लागि धितोपत्र बोर्डसँग अनुमति पनि मागेको छ ।

‘नेप्सेले के आधारमा सेयर सम्बन्धी सूचनामा शुल्क तोकेको हो ? के को आधारमा सेयर सम्बन्धी तथ्याङ्क बिक्री थालेको हो ? भनेर हामीले स्पष्टीकरण सोधेका छौं’ धितोपत्र बोर्ड सम्बद्ध स्रोतले भन्यो- ‘बोर्डको पत्रको जवाफ आएको छैन तर तत्कालको लागि सेयर सम्बन्धी सूचना तथा तथ्याङ्क बिक्री कार्य बन्द गरेको जानकारी दिएको छ ।’

नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदमाथि नेप्सेको महत्वपूर्ण सूचनामा अस्वभाविक चलखेल गरेको आरोप लाग्दै आएको छ । निजी लाभ लिएर सूचना बेन्ने गरेको आरोप लागेपछि उनले २०७७ पुस १ देखि लागू हुने गरी सेयर तथ्याङ्क सम्बन्धी कार्यविधि बनाएर लागू गरेको थिए ।

उनले सेयर सम्बन्धी तथ्याङ्क बिक्रीको लागि एक लाख रुपैयाँसम्म मूल्य तोकेका थिए । उनले विदेशीको लागि मासिक २ हजार अमेरिकी डलर (मासिक २ लाख ३६ हजार रुपैयाँ)मा सबै डाटा बिक्री गर्न सकिने नीति जारी गरेका थिए ।

सम्बन्धित थप समाचार

भिष्म सर ! तपाईंलाई निफ्राको आईपीओ कति कित्ता पर्‍यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.