काठमाडौं । वाणिज्य बैंकहरूको खराब औसत खराब कर्जा (एनपीएल) ५ प्रतिशत नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा २० वाणिज्य बैंकको खराब कर्जा औसत ८.७७ प्रतिशत बढेर ५.२५ प्रतिशत विन्दुमा पुगेको हो । गत वर्षको चैतमा बैंकहरुको खराब कर्जा औसत ४.८३ प्रतिशत विन्दुमा थियो ।
औसत एनपीएल ५.२५ पुग्नु प्रणालीगत जोखिम बढ्दै गएको संकेत गरेको बैंकरहरु बताउँछन् । यसले अर्थतन्त्रमा ऋणीहरू (व्यवसाय र व्यक्तिहरू) कर्जा तिर्न सक्ने क्षमतामा दबाब परिरहेको स्पष्ट देखाउको उनीहरुको भनाइ छ ।
समीक्षा अवधिमा सबैभन्दा बढी खराब कर्जा प्रभु बैंकको बढेको छ । बैंकको एनपीएल ७३.६७ प्रतिशतले बढेर ८.८४ प्रतिशत विन्दुमा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको एनपीएल ५.०९ प्रतिशत विन्दु थियो ।
यस्तै, एनआईसी एशिया बैंकको एनपीएल ५३.९१ प्रतिशतले बढेर ८.८५ प्रतिशत विन्दुमा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको एनपीएल ५.७५ प्रतिशत विन्दु थियो ।
सार्वजनिक विवरण अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकको २५.६९ प्रतिशत बढेर १.८१ प्रतिशत विन्दु, सिटिजन्स बैंकको १९.४३ प्रतिशत बढेर ६.८२ प्रतिशत विन्दु, सानिमा बैंकको १६.६६ प्रतिशत बढेर ३.९९ प्रतिशत विन्दु, प्राइम बैंकको १३.०९ प्रतिशत बढेर ६.३९ प्रतिशत विन्दुमा खराब कर्जा पुगेको छ ।
यस्तै, एनएमबि बैंकको १०.७३ प्रतिशत बढेर ४.९५ प्रतिशत विन्दु, हिमालयन बैंकको ३.९० प्रतिशत बढेर ७.९८ प्रतिशत विन्दु, कृषि विकास बैंकको १.६० प्रतिशत बढेर ५.०६ प्रतिशत विन्दुमा खराब कर्जा छ ।
चालु आवको चैत मसान्तसम्ममा विभिन्न १० वटा बैंकको खराब कर्जा घटेको छ । जसमा सबैभन्दा धेरै नेपाल एसबिआई बैंकले घटाएको देखिन्छ । बैंकको ३७.६८ प्रतिशत घटेर २.५३ प्रतिशत विन्दुमा खराब कर्जा झारेको छ । जबकि गत वर्षको चैतसम्ममा ४.०६ प्रतिशत विन्दु खराब कर्जा रहेको थियो ।
यस्तै, माछापुच्छ्रे बैंकको १२.६३ प्रतिशत घटेर ४.०१ प्रतिशत विन्दु, नबिल बैंकको ११.८९ प्रतिशत घटेर ४.३७ प्रतिशत विन्दु, लक्ष्मी सनराइज बैंकको ९.७२ प्रतिशत घटेर ५.२९ प्रतिशत विन्दु, नेपाल बैंक को ८.८९ प्रतिशत घटेर ४.९६ प्रतिशत विन्दु, सिद्धार्थ बैंकको ८.१६ प्रतिशत घटेर ३.७१ प्रतिशत विन्दुमा खराब कर्जा झारेका छन् ।
यस्तै, एभरेष्ट बैंकको ४.६८ प्रतिशत घटेर ०.६१ प्रतिशत विन्दु, राष्ट्रिय वाणिज्य बैंकको ४.४७ प्रतिशत घटेर ४.४८ प्रतिशत विन्दु, कुमारी बैंकको ०.५७ प्रतिशत घटेर ६.९४ प्रतिशत विन्दु, ग्लोबल आइएमई बैंकको ०.२० प्रतिशत घटेर ४.९७ प्रतिशत विन्दुमा खराब कर्जा झारेका छन् ।
