नेप्सेले एनसीसी बैंकलाई सोध्योः कम्पनीकाे सेयर मूल्य एक्कासी किन बढ्याे ?

  २०७७ माघ ११ गते १७:२३     विकासन्युज

काठमाडौं । आइतबार नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकको सेयर मूल्य एक्कासी बढेसँगै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले कम्पनीसँग स्पष्टिकरण मागेकाे छ । कम्पनीकाे सेयर मूल्यमा असर पार्ने सूचना तथा निर्णय केही गरेकाे हाे भने त्यसकाे जानकारी गराउन नेप्सेले बैंकसँग जवाफ मागेको हो ।

गत बिहीबार अर्थात माघ ८ गतेसम्म बैंकको सेयर सामान्य उतारचढावमा नै कारोबार भइरहेकोमा माघ ११ गते कम्पनीकाे सेयरमा उच्च खरिद चाप देखिएपछि नेप्सेले बैंककाे जवाफ मागेकाे हाे ।

धितोपत्र सूचीकरण विनियमावली बमोजिम ‘सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तै विषयको सूचना तुरुन्त दिनुपर्ने’ भन्ने व्यवस्था रहेको छ । तर, सो सम्बन्धी सूचना तथा जानकारी बैंकको तर्फबाट प्राप्त नभएको जनाउँदै नेप्सेले बैंकसँग जवाफ मागेको हो ।

नेप्सले आइतबार(माघ ११ गते) एक पत्र जारी गर्दै यसको जवाफ तीन कार्यदिन भित्रमा जानकारी गराउन बैंकलाई निर्देशन दिएको छ । यससँगै बैंकले माघ १४ गते बिहान ११ बजेअघि नै नेप्सेलाई सो सम्बन्धी सत्य तथ्य के हो भन्ने विषयको जानकारी गराउनु पर्ने छ ।

पछिल्लो समय नबिल बैंक र एनसीसी बैंक एक आपसमा मर्ज हुने भन्ने समाचार विभिन्न सञ्चार माध्यममा आइरहेको छ । त्यसको प्रभाव एनसीसी बैंकको सेयर मूल्यमा परेकाे हाे ।

आइतबार बजार खुल्ने वित्तिकै एनसीसी बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेकाे हाे । प्रतिकित्ता ३३१ रुपैयाँमा कारोबार शुरु भएको बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ३६४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३३ रूपैयाँ अर्थात ९.९७ प्रतिशतले बढी हो ।

सम्बन्धित समाचार

खुल्दै एनसीसी बैंकको पर्दाभित्रको ‘होमवर्क’, नबिलसँग मर्ज भए कति हाेला स्वाप रेसियो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.