घरजग्गा कारोबारमा उछाल, राजश्व पनि साढे ६ अर्ब संकलन

  २०७७ माघ ५ गते १७:२९     विकासन्युज

काठमाडौं । पुस महिनामा घर जग्गा कारोबारमा निकै उछाल आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुस महिनामा घर जग्गा कारोबारमा मंसिर महिनाको तुलनामा निकै उछाल आएको हो । विभागका अनुसार देशभर २ लाख १४ हजार २ सय ६० वटा घरजग्गा कारोबार भएको छ ।

पुस महिनामा ७६ हजार ५ सय ३२ लिखत पारित, ५ हजार ५९ नामसारी, ६९ हजार १ सय ८२ घर जग्गा रोक्का र ४० हजार २ सय ६५ घरजग्गा फुकुवा भएका छन् ।

यस्तै घरजग्गा कारोबारबाट कुल ६ अर्ब ६५ करोड ६३ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ । विभागका अनुसार ४३ करोड ३९ लाख रुपैयाँ सेवा कर संकलन भएकोे छ ।

मंसिर महिनाको तुलनामा पुस महिनामा घर जग्गा कारोबार दोब्बरले बढेको हो । मंसिर महिनामा १ लाख ६८ हजार ६ वटा घर जग्गा कारोबार भएको थियो । जसमा ६१ हजार ४ सय ५१ लिखित पारित, ५३ हजार २ सय ८१ रोक्का र ३२ हजार २ सय ६० घरजग्गा फुकुवा भएका थिए ।

मंसिर महिनामा विभागले कुल ५ अर्ब १४ करोड ४८ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो भने ३३ करोड १४ लाख रुपैयाँ सेवा कर संकलन गरेको थियो ।

विश्व महामारीका कारण ठप्प भएको घर जग्गा कारोबार पछिल्लो समय भने बढ्दै गएको छ । यो महिनामा भएको कारोबार हेर्दा अब घरजग्गा कारोबार पुरानै लयमा फर्किएको बुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.