सूर्या लाईफ इन्स्योरेन्सको साढे १० प्रतिशत लाभांश पारित

  २०७७ माघ ५ गते १७:०१     विकासन्युज

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको १०.५२६ प्रतिशत लाभांश पारित भएको छ । आज माघ ५ गते बसेको कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७५/०७६काे नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२६ प्रतिशत नगद(कर सहित) गरी सो मात्राको लाभांश पारित गरेको हो ।

कम्पनीको आ.व. २०७५/०७६ को १२औं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङ्गमा सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.