पूर्व मुख्यसचिव रेग्मी बेलायतकाे राजदूतमा नियुक्त

  २०७७ माघ ५ गते १६:२५     विकासन्युज

काठमाडाैं । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी राजदूतमा नियुक्त भएका छन् । उनी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए भने त्यही दिन उनलाई मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.