नेपाल विद्युत प्राधिकरणले निकाल्याे लोडसेडिङ तालिका (सूचनासहित)

  २०७७ माघ ५ गते १०:१३     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लाेडसेडिङ्काे तालिका सार्वजनिक गरेकाे छ । जुम्लाका विभिन्न स्थानमा दैनिक बत्ति जाने प्राधिकरणले सूचना मार्फत जानकारी दिएकाे छ ।

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले अब दैनिक लोडसेडिङ गर्ने गरी तालिका सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार जुम्लाको विभिन्न स्थानमा हरेक दिन ३ पटक बत्ति जाने भएको छ ।

सार्वजनिक तालिका अनुसार जुम्लाका विभिन्न स्थानमा दैनिक विहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ति जाने भएको छ ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा बत्ती जाने क्रम बढेको छ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटेको बताएको लामो समयपछि बत्ती जाने आउने क्रम बढेको हो ।

तर, प्राधिकरण भने यसलाई लोडसेडिङ भन्न चाहिरकेको छैन । पा्रविधिक कारणले बत्ति आउने जाने गरेको प्राधिकरण बताउँछ ।

केही महिना यता काठमाडौं उपत्यका र अन्य ठाउँहरुमा विद्युतमा अनियमित तथा लाइन काटिने समस्या बढेको भन्दै लोडसेडिङ हुने होकि भन्ने आवाज उठिरहेको बेला प्राधिकरणले भने सार्वजनिक सूचना नै जारी गरि लाइन काटिनु लोडेसेडिङ नभई प्राविधिक कारण भएको बताएको थियो ।

तर, प्राधिकरणको हुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका नै सार्वजनिक गरपछि भने अब अन्य ठाउँमा पनि लोडसेडिङको तालिका आउने होकि भन्ने आशंका गर्न सकिन्छ ।

मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै प्राधिकरणको जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो । जुन २०७३ असोजपछि सार्वजनिक भएको यो पहिलो लोडसेडिङ तालिका हो ।

सामाजिक सञ्जालहरुमा सो लोडसेडिङ तालिका सार्वजनिक भएपछि प्राधिकरणले अब विस्तारै सबै ठाउँमा लोडसेडिङको तालिका निकाल्न सक्ने भन्दै विरोध भइरहेको छ ।

4 comments on "नेपाल विद्युत प्राधिकरणले निकाल्याे लोडसेडिङ तालिका (सूचनासहित)"

  • Prakash says:

    एउटै मात्र चित्त बुझाउने कुरा लोड सेडिङ अन्त्य थ्यो त्यै पनि दिएनन् हनुमान ले!

  • K. M. says:

    Pm oli le ceo appoint garne bela ma liyako black money ko result ho.k.m. janakpur

  • jiwan shrestha says:

    यो पनि एक किसिमले थप रोजगारिको श्रीजनाको रुपमा अब व्याख्या हुन्न बेर छैन , किन भने यस्ले इन्भरटर – ब्याट्री वाला झरुको ब्यापार बढने लगभग निश्चितछ !

  • परमेश्वर बस्ताकोटी says:

    यो भष्ट्राचारी ब्यबस्था रहेसम्म यस्तै हो यस्लाई जरैदेखि उखेलेर फाल्न को बिकल्प छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.