चन्द्रागिरीको आईपीओ भर्नेलाई चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट, कहिलेसम्म पाइन्छ ?

<p>काठमाडौं । चन्द्रागिरीको आईपीओ भर्ने आवेदकले चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट पाउने भएका छन् । चन्द्रागिरी हिल्स लिमिटेडको ११ औं वार्षिक साधारण सभामा बाेल्दै कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकालले उक्त याेजना सार्वजनिक गरेका हुन् । चन्द्रागिरी हिल्सको साधारण सेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनीप्रति देखाएको विश्वास अनि सबैलाई सेयर पर्ने सम्भावना न्युन रहेको हुँदा सम्पूर्ण आवेदकहरुको सम्मान [&hellip;]</p>

काठमाडौं । चन्द्रागिरीको आईपीओ भर्ने आवेदकले चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट पाउने भएका छन् । चन्द्रागिरी हिल्स लिमिटेडको ११ औं वार्षिक साधारण सभामा बाेल्दै कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकालले उक्त याेजना सार्वजनिक गरेका हुन् ।

चन्द्रागिरी हिल्सको साधारण सेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनीप्रति देखाएको विश्वास अनि सबैलाई सेयर पर्ने सम्भावना न्युन रहेको हुँदा सम्पूर्ण आवेदकहरुको सम्मान गर्दै कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो योजना सार्वजनिक गरिएको जानकारी दिएका हुन् ।

यससँगै चन्द्रागिरी हिल्सले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुट पाउने भएका छन् ।

स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको सेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७४६ आवेदकले सेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनु पर्नेछ । साथै, यो योजना २०७७ माघ ५ गतेदेखि १ वर्षसम्मको लागि मान्य हुनेछ ।

चन्द्रागिरी हिल्स लिमिटेडको ११औं वार्षिक सधारण सभा २०७७ साल पुस २९ गते बुधबारका दिन चन्द्रागिरी हिल्स रिर्सोट सम्पन्न भएको हाे । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारण सभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धी तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हलतथा रिर्सोटलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Share News