वोमी लघुवित्तको ३० प्रतिशत लाभांश पारित, स्वयं सेवक लघुवित्तलाई गाभ्न तोकियो स्वाप रेसियो

  २०७७ पुष २९ गते १९:१६     विकासन्युज

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३० प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै संस्थाले सेयरधनीलाई चुक्ता पुँजीको ३० प्रतिशतका दरले ८ करोड ३३ लाख ५४ हजार ४ सय रुपैयाँ बराबरको बोनस वितरण गर्ने छ ।
संस्थाको सभा काभ्रेपलाञ्चोक स्थित लहरी खर्क पार्टी प्यालेसमा संस्थाकी अध्यक्ष विन्दीया श्रेष्ठ प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो ।

साथै, सभाले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थालाई १ः१ को स्वाप रेसियोमा गाभ्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको छ ।

हाल संस्थाले ३८ जिल्लामा ६१ वटा शाखा कार्यालयहरु मार्फत ४७ हजार सदस्यहरुमा कुल उठाउन बाँकी कर्जा रकम ३ अर्ब रुपैउाँ तथा बचत रकम १ अर्ब १० करोड रुपैयाँ संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.