नबिल बैंकको ३५ प्रतिशत लाभांश पारित, सञ्चालकमा पौड्याल र टिवडेवाला निर्वाचित

<p>काठमाडौं । नबिल बैंकको प्रस्तावित ३५.२६ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न बैंकको ३६ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हालको चुक्ता पुँजीको ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश पाउने छन् । त्यस्तै, [&hellip;]</p>

काठमाडौं । नबिल बैंकको प्रस्तावित ३५.२६ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न बैंकको ३६ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हालको चुक्ता पुँजीको ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश पाउने छन् । त्यस्तै, उक्त बोनस सेयर पश्चात बैंकको सेयर पुँजी १३ अर्ब ४८ करोड रुपैयाँ नाघेको छ ।

विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

साथै, सभाले सर्वसाधारण सेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गरेका अनन्त पौड्याल र प्रविन टिवडेवालालाई निर्विरोध निर्वाचित गरेको छ ।

आ.व. २०७६÷७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम नाफा ३ अर्ब ४६ करोड रुपैयाँ हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रतिसेयर आम्दानी ३६.१६ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ३७ अर्ब रुपैयाँ पुर्याएको छ ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले भने “नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं । हामी ठूलो बैंकसंगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा छौं । बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा लागेको छ । बैंकले स्थापनाकालदेखि हालसम्म २१ अर्ब रुपैयाँ भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ ।”

‘वास्तविक अर्थतन्त्रलाई सहयोग पुर्याई समग्र अर्थतन्त्रको सुखद भविष्यको लागि हाम्रा प्रयासहरुलाई अझ बलीयो बनाउँदै लैजाने हामी प्रतिबद्धता व्यक्त गर्दछौं । त्यसैगरी, हामी हाम्रा शेयरधनीहरु, ग्राहकवर्गहरु, नियामक निकायहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुमाझ यो बैंक सबल र सक्षम रहेको र हालको जस्तो अप्ठ्यारो परिस्थितिमा पनि आफ्नो सकारात्मक सोच एवं परिवर्तनलाई ग्रहण गर्न सक्ने क्षमताका माध्यमबाट उत्कृष्ट कार्यसम्पादन गर्न तयार रहेको व्यहोरा अवगत गराउन चाहन्छौं । साथै, हामी यस किसिमका चुनौतिहरुलाई अवसरमा बदल्नका लागि पनि पूर्ण रुपमा तयार रहेको जानकारी गराउन चाहन्छौं ।’, उनले भने ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

उच्च लाभांश घोषणा गरेको नबिल बैंकले डाक्यो वार्षिक साधारणसभा
नबिल बैंकले घोषणा गर्यो दुई वर्ष यताकै उच्च लाभांश, बाेनस मात्रै ३३ प्रतिशत बढी

Share News