उच्च लाभांश घोषणा गरेको नबिल बैंकले डाक्यो वार्षिक साधारणसभा

  २०७७ पुष ८ गते १६:०३     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकमध्ये उच्च लाभांश घोषणा गरेको नबिल बैंकले आगामी पुस २९ गते वार्षिक साधारणसभा(एजीएम) आव्हान गरेको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आफ्नो ३६औं वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले सञ्चालक समितिको ३५.२६ प्रतिशत लाभांश प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।

सभामा जाने प्रयोजनको लागि कम्पनीको पुस १५ गते एकदिन बुक क्लोज हुने भएको छ । यससँगै, पुस १४ गतेसम्म कायम सेयरधनीले बैंकको लाभांश पाउने छन् । र, उनीहरु सभामा भाग लिन योग्य हुने छन् ।

सम्बन्धित समाचार

नबिल बैंकले घोषणा गर्यो दुई वर्ष यताकै उच्च लाभांश, बाेनस मात्रै ३३ प्रतिशत बढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.