नबिल बैंकले घोषणा गर्यो दुई वर्ष यताकै उच्च लाभांश, बाेनस मात्रै ३३ प्रतिशत बढी

  २०७७ पुष ६ गते २०:३४     विकासन्युज

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस ६ गते सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३३.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउने छन् ।

उक्त प्रस्तावित लाभांश गत दुई वर्ष यताकै उच्च हो भने बाेनसदर हालसम्मकै उच्च हाे । बैंकले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई बराबर ३४ प्रतिशत लाभांश(१२ प्रतिशत बोनस र २२ प्रतिशत नगद) वितरण गरेको थियो ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ । प्रस्तावित ३३.५ प्रतिशत बोनस सेयरपछि बैंकको चुक्ता पुँजी भने बोनस सेयर वितरणपछि १३ अर्ब ४५ करोड रुपैयाँ नाघ्ने छ ।

दोश्रो बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता १२३१ रुपैयाँ रहेको छ भने बजार पुँजीकरण एक खर्ब २४ अर्ब रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.