सेयर राफसाफकाे समय एकदिन घट्याे

  २०७७ पुष २४ गते १७:०३     विकासन्युज

काठमाडौं । धितोपत्र कारोबार राफसाफ तथा फछ्रयाैटकाे समय एकदिन घटेकाे छ । नेपाल धिताेपत्र बाेर्डले हालको टी प्लस थ्रीलाई टी प्लस टूमा ल्याउने गरी संशोधन स्वीकृति गरेसँगै राफसाफ तथा फछ्रयाैटकाे समय घटेकाे हाे ।

बोर्डले धितोपत्र कारोबारको राफसाफ तथा फछ्रयाैट चक्र टी प्लस टू गर्ने गरी धितोपत्र कारोबार राफसाफ तथा फछ्रयाैट विनियमावली, २०६९ मा सो प्रयोजनको लागि विनियममा संशोधन स्वीकृति गरेको छ ।

बाेर्डकाे आ.व. २०७७।७८ को नीति तथा कार्यक्रममा धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली टी प्लस टू मा गर्ने रहेकाे थियाे ।  र, सो कार्यान्वयनमा ल्याउन सीडीएस एण्ड क्लियरिङ्ग लि.ले आफ्नो विनियममा भएको हालको टी प्लस थ्रीलाई टी प्लस टूमा ल्याउने गरी संशोधन स्वीकृतिका लागि बोर्डमा पेश गरेको थियाे ।

उक्त व्यवस्था सिडिएस एण्ड क्लियरिङ्ग लि.ले सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा ल्याउने व्यवस्था गरिएको छ ।

धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिई टी प्लस टू कायम भएसँगै धितोपत्रको तरलतामा वृद्धि भई बजार थप गतिशील हुने तथा लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डको अपेक्षा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.