काठमाडौं । पुस मसान्त नजिकिएसँगै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्थालाई वार्षिक साधारणसभाको चटारोले छोपेको छ । कम्पनी ऐनले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गर्नैपर्ने बाध्यताका कारण कम्पनीहरुलाई साधारणसभा गर्न भ्याईनभ्याई भएको हो ।
अधिकांश वाणिज्य बैंकहरुले आगामी पुस २९ गते वार्षिक साधारणसभा(एजीएम) डाकेका छन् । एकैदिन साधारणसभा बोलाउनेमा नेपाल बैंक, कृषि विकास बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, प्राइम कमर्शियल बैंक, मेगा बैंक र एनएमबि बैंकले एकैदिन साधारणसभा आव्हान गरेका हुन् । उनीहरुले एकैदिन एउटै समय अर्थात १० बजेदेखि ११ बजेसम्मको बीचमा सभा डाकेका छन् ।
त्यस्तै, नेपाल एसबिआई बैंक र लक्ष्मी बैंकको एकैदिन पुस २८ गते ११ देखि ११ः३० को समयमा सभा आव्हान गरेका छन् । यी दुई कम्पनीको क्रमशः पुस १५ र पुस १७ गते बुक क्लोज हुने भएको छ ।
त्यसैगरी, हिमालयन बैंक र एभरेष्ट बैंकको पनि एकैदिन अर्थात पुस २७ गते सभा हुने भएको छ । उनीहरुले एउटै समय अर्थात बिहान ११ बजे सभा शुरु गर्ने भएका छन् ।
त्यस्तै, पुस २६ गते नेपाल बङ्गलादेश बैंक र प्रभु बैंकले वार्षिक साधारणसभा डाकेका छन् । यी दुई बैंकको बुक क्लोज पनि एकैदिन अर्थात पुस १० गते हुने भएको छ ।
स्ट्याण्डर्ड र सनराइज बैंकले पुस २४ गतेको लागि सभाको मिति तय गरेका छन् । जसमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको पुस ९ गते बुक क्लोज हुने भएको छ भने सनराइज बैंकको पुस ७ गते नै बुक क्लोज भइसकेको छ ।
कुन बैंकले कहिले गर्दै छन् ? (समयसहित)

२७ वाणिज्य बैंकमध्ये केही बैंकहरुले भने वार्षिक साधारणसभा सम्पन्न गरि सेयरधनीलाई गत आर्थिक वर्षको लाभांश समेत वितरण गरि सकेका छन् । जसमध्ये माछापुच्छ्रे बैंकले गत पुस २ गते, कुमारी बैंकले गत मंसिर २९ गते, एनआईसी एशिया बैंकले मंसिर २१, बैंक अफ काठमाण्डूले मंसिर १५ गते र सानिमा बैंकले कार्तिक २८ गते नै साधारणसभा सम्पन्न गरिसकेका छन् ।
सम्बन्धित समाचार
२५ वाणिज्य बैंकको लाभांशः किन नगद लाभांश बढी दियो एभरेष्ट बैंकले ?