काठमाडौं । संचालनमा रहेकामध्ये २५ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । प्रायः सबै बैंकले बोनस सेयरलाई प्राथमिकतामा राखेको भएपनि एभरेष्ट बैंकले भने नगद लाभांश बढी दिने भएको छ ।
एभरेष्ट बैंकले यो वर्ष ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश गरी १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कोभिड महामारीको कारण बैंकिङ क्षेत्रमा धक्का आउन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले नगद लाभांशभन्दा बोनस सेयरमा जोड दिन बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाव दिइरहेको छ ।
लाभांश घोषणा गर्नेहरुमध्ये माछापुच्छ्रे बैंकले ३.३७ प्रतिशत नगद लाभांश र ७.०३ प्रतिशत बोनस सेयर गरी १०.४ प्रतिशत लाभांश दिएको छ । बैंक अफ काठमाण्डूले ३ प्रतिशत नगद र १३ प्रतिशत बोनस सेयर गरी १६ प्रतिशत लाभांश दिएको छ ।
सानिमा बैंकले ३.६ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी १३.६ प्रतिशत लाभांश दिएको छ । सिटिजन्स बैंकले ३ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर गरी कुल ११ प्रतिशत लाभांश दिएको छ । अर्काे बैंक एनआईसी एशिया बैंकले १ प्रतिशत नगद र १९ प्रतिशत बोनस सेयर गरी २० प्रतिशत लाभांश वितरण गरेको छ ।
यस्तै, कुमारी बैंकले ३.१५ प्रतिशत नगद र १०.८५ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश प्रदान गरेको छ । ग्लोबल आईएमई बैंकले २ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर गरी कुल १६ प्रतिशत लाभांश दिएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ४.८४ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर गरी ११.८४ प्रतिशत लाभांश प्रदान गरेको छ ।
नेपाल एसबीआई बैंकले ३.४७ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर गरी कुल ९.४७ प्रतिशत लाभांश प्रदान गरेको छ । सनराईज बैंकले २.४८ प्रतिशत नगद र ५.८ प्रतिशत बोनस सेयर गरी कुल ८.२८ प्रतिशत लाभांश सेयरधनीलाई प्रदान गरेको छ ।
हिमालयन बैंकले ६ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश प्रदान गरेको छ । नेपाल बंगलादेश (एनबी) बैंकले २.४२ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर गरी कुल ८.४२ प्रतिशत लाभांश प्रदान गरेको छ । सिद्धार्थ बैंकले ३ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश प्रदान गरेको छ ।
प्रभु बैंकले ०.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर गरी १०.५३ प्रतिशत लाभांश प्रदान गरेको छ । सरकारी लगानी पनि रहेको कृषि विकास बैंकले ०.७९ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर गरी कुल १५.७९ प्रतिशत लाभांश प्रदान गरेको छ । सेन्चुरी कमर्सियल बैंकले २.२५ प्रतिशत नगद र ५.२५ प्रतिशत नगद लाभांश गरी कुल ७.५ प्रतिशत लाभांश प्रदान गरेको छ ।
लक्ष्मी बैंकले २.५ प्रतिशत नगद लाभांश र ९ प्रतिशत बोनस सेयर गरी कुल ११.५ प्रतिशत लाभांश दिएको छ । सरकारी लगानी पनि रहेको नेपाल बैंकले ४ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर गरी १६ प्रतिशत लाभांश दिएको छ । मेगा बैंकले ३.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर गरी कुल १३.०५ प्रतिशत लाभांश प्रदान गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले ५.५ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस सेयर गरी कुल १८.५ प्रतिशत लाभांश दिएको छ । एनसीसी बैंकले ०.५४ प्रतिशत नगद र १०.२७ प्रतिशत बोनस सेयर गरी कुल १०.८१ प्रतिशत लाभांश प्रदान गरेको छ ।
यस्तै, एनएमबी बैंकले ३.२ प्रतिशत नगद र १३ प्रतिशत बोनस सेयर गरी १६.२ प्रतिशत लाभांश प्रदान गरेको छ । प्राइम कमर्शियल बैंकले १५ प्रतिशत बोनस सेयर दिएको छ । नविल बैंकले १.७६ प्रतिशत नगद र ३३.५ प्रतिशत बोनस सेयर गरी कुल ३५.२६ प्रतिशत लाभांश दिएको छ ।
यसरी घोषणा भएको मध्ये केही बैंकहरुले साधारणसभा गरेर लाभांश वितरण गरिसकेका छन् भने केही बैंकहरु साधारणसभा गर्ने अन्तिम तयारी गरिरहेका छन् ।