अछाममा पूर्वाधार व्यवस्थापन प्रणाली इ सिफारिस सम्बन्धि तालिम शुरू

  २०७७ पुष १ गते १९:५३     विकासन्युज

अछाम । अछामको मेल्लेखमा आज(पुस १ गते)देखि पूर्वधार व्यवस्थापन प्रणाली इ सिफारिस सम्बन्धि ३ दिने तालिम शुरु भएको छ । मालिक विकास संघको सुशासन परियोजना अन्तर्गत मेल्लेख गाउपालिका सूचना प्रविधि शाखाको आयोजनामा उक्त तालिम शुरु भएको हो ।

मेल्लेख गाउपालिका उपाध्यक्ष धनबहादुर शाहिको अध्यक्षतामा भएको तालिममा बिधुतिय शासन प्रबर्द्धन गर्न र सुचना प्रबिधि को उच्च प्रयोग तथा जनता सामु प्रबिधि मार्फत पार्दरशिता र लक्षित वर्गमा प्रबिधिको पहुच सहजै पुर्‍याउने उदेश्यका साथ तालिम शरू भएको हो ।

सुशासन परियोजना अन्तर्गत प्रबिधिको माध्यमबाट के कसरी काम गर्न सकिन्छ भन्ने बिषयमा व्यापक छलफल भएको छ । जनता माझ इ सेवा पहुच र प्रारदर्शिताका लागि तालिममा छलफल भैरहेको छ । यस्तै सो परियोजनाका लागि मेल्लेख गाउपालिकाले विभिन्न सफ्टवेयर टुल बनाएर डिजिटल प्रबिधि मार्फत देश बिदेश बाट जानकारी प्राप्त गर्न सकिने बिकास निर्माणको अनुगमन अनलाइन प्रबिधिबाट गर्न सकिने अन्य सिफारिस गर्दा कागज बिहिन बनाइ मेल्लेखका सबै वडाबाट अनलाइनबाट सिफारिस गरिने बिषयमा पनि छलफल भइरहेको छ ।

पूर्वधार व्यवस्थापन प्रणाली, कृषि कार्यक्रम व्यवस्थापन प्रणाली,  विद्युतिय बडा पत्र गुनासो व्यवस्थापन प्रणाली का लागि विभिन्न टुल्स र वेबसाइडको प्रयोग गरिने भएको छ । यसअघि पनि मेल्लेख गाउपालिकाले आफ्नो वइब साइड मार्फत सपटोयर प्रयोग गरि डिजिटल मेल्लेख स्मार्ट मेल्लेखको मुल नारालाई मुलधार बनाइ प्रविधिको बिकास गरि सकेको मेल्लेख का सुचना प्रबिधि अधिकृत चन्द्र प्रकाश साउदले बताएका छन् । मेल्लेखमा सुशासन परियोजना लागू भएसँगै सबै काम डिजिटल प्रविधिबाट गरिने विषयमा तालिममा छलफल भएको जनाएको छ ।

तालिम उद्घाटन कार्यक्रममा मेल्लेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बहादुर खडक, मालिका विकास संघका रतन रावल, लगायत बिषयगत शाखाका प्रतिनिधिको उपस्थित रहेको थियो । तालिमको सहजिकरण साफेबगर नगरपालिका सुचना प्रविधि शाखा प्रमुख कबिता कुवरले गरिरहेका छन् । तालिममा वडा सचिव र बिषय गत शाखा प्रमुखको सहभागिता रहेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.