अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्ड प्रोटोनलाई नेपाल भित्र्याउँदै जगदम्बा मोटर्स

  २०७७ मंसिर २२ गते २०:१०     विकासन्युज

काठमाडौं । जगदम्बा मोटर्स प्राइभेटले उच्चस्तरीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्ड प्रोटोन नेपाल भित्र्याउने भएको छ । शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्सले उक्त गाडि नेपाल भित्र्याउन लागेको हो ।

प्रोटोनले नेपालमा पनि आफ्नो चर्चित तथा संसारभर अत्याधिक विक्री भएको मोडल ‘प्रोटाेन सागा’ नेपालका सडकहरुमा ल्याउन लागेको हो ।

२०२०मा प्रोटोनले प्रोटोन एक्स५० मोडलको अर्को एसयूभी हालसालै मात्र बजारमा ल्याएको छ । यसबाहेक प्रोटोनका सागा, परसोना, परडोना, एक्सओरा र इरिज गरेर अन्य ५ प्रकारहरु अहिले पनि विश्व बजारमा अत्याधिक रुचाइएका छन् ।

प्रोटोनको मुख्य बजार स्वयम् मलेशिया र बेलायत रहेता पनि हाल ७० भन्दा ज्यादा मुलुकमा यसको पदार्पण भैसकेको छ र अझ बढ्दो क्रममा रहेको छ । उत्तर अमेरिका, युरोप, चाइना र दक्षिण पुर्वी एसियामा गरेर ९वटा रिसर्च र डेभ्लोप्मेन्ट सेन्टर्स र ९वटै डिजाइन सेन्टर्स रहेको प्रोटोनको मुख्य प्लान्ट भने मलेशियाको तान्जुङ् मलिम शहरमा रहेको छ । १२८० एकरमा फैलिएको यो विशाल प्लान्ट, हरेक दृष्टिकोणले अत्यन्त आधुनिक र सुविधा सम्पन्न रहेको छ, जहाँ रिसर्च र डेभ्लोप्मेन्ट् सेन्टर, भेन्डर पार्क, शहरी क्षेत्र र एउटा विश्वविधालयको समेत रहेको छ ।

सम्बन्धित समाचारः

प्रोटोनको सोरुम अब काठमाडौंकाे नक्सालमा, आधिकारिक वितरकमा जगदम्बा मोटर्स नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.