मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, चुक्ता पुँजी पाैने ५ अर्ब नाघ्ने

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.५१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११.२५ प्रतिशत बोनस र ४.२६ [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.५१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११.२५ प्रतिशत बोनस र ४.२६ प्रतिशत नगद (बोनस र नगद लाभांशको कर सहित) गरी १५.५१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट बैंकले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । ११.२५ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी ४ अर्ब ८१ करोड रुपैयाँ नाघ्ने छ ।

प्रस्तावित १५.५१ प्रतिशत लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १७.६ प्रतिशत बोनस र ०.९३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Share News