सिद्धार्थ बैंकको लाभांश घोषणा, बढायो बोनसदर

<p>काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर १९ गते बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश (बोनस [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर १९ गते बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे ।

बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १० अर्ब नाघ्ने छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने छ ।

प्रस्तावित बोनसदर अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा २ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस वितरण गरेको थियो । तर लाभांशदर भने अघिल्लो आर्थिक वर्षको भन्दा गत आवको कम हो । बैंकले अघिल्लो आवमा सेयरधनीलाई १० प्रतिशत बोनस र १५.२६ प्रतिशत नगद गरी २५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News