प्राइम लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा, पछिल्लो २ वर्ष यताकै उच्च

<p>काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को लाभांश घोषणा गरेको छ । कम्पनीले उक्त आवको नाफाबाट सेयरधनीलाई कूल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो २ वर्ष यताकै उच्च लाभांशदर हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ८ प्रतिशत नगद(नगद लाभांश र बोनस सेयरमा लाग्ने [&hellip;]</p>

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को लाभांश घोषणा गरेको छ । कम्पनीले उक्त आवको नाफाबाट सेयरधनीलाई कूल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

जुन पछिल्लो २ वर्ष यताकै उच्च लाभांशदर हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ८ प्रतिशत नगद(नगद लाभांश र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि समेत) गरी १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव मंसिर १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । त्यसपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ७ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीले वितरण गरेको २ वर्षअघिकाे लाभांशदरः
२०७४/७५= १२.५ प्रतिशत (बोनस मात्रै)
२०७३/७४= १२.५ प्रतिशत (बोनस मात्रै)

Share News