काठमाडौं । आइतबार सेयर कारोबार खुलेको १० मिनेट निबत्दै ३१ अंकले नेप्से उकालो लागेको छ । सो दिन ११ बजेर १० मिनेट जाँदा परिसूचक ३१.१४ अंकले बढेर १८०९.२६ अंक माथि पुगेकाे छ । जुन पछिल्लाे दिनकाे तुलनामा १.७५ प्रतिशतले बढी हाे ।
याे अविधमा बजारमा कूल १३८ कम्पनीकाे सेयर काराेबार भएकाे छ । उनीहरूकाे कुल ६ लाख ६२ हजार १८६ कित्ता सेयर ३६ कराेड ६ लाख रूपैयाँमा किनबेच भएकाे छ ।
त्यस्तै, क वर्गकाे मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.११ अंकले उकालाे लागेर ३४८.१८ अंकमा पुगेकाे छ ।
