कोरोना बीमा पुनः सुचारु गर्न बीमा समितिको निर्देशन

  २०७७ जेठ २३ गते १६:२१     विकासन्युज


काठमाडौं । बीमा समितिले कोरोना भाइस (कोभिड-१९) को बीमा पुन: सुचारु गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना बीमा दाबी भुक्तानीमा अर्थमन्त्रालय सहयोग गर्न तयार भएपछि समितिले याे बीमा पुनः सुरु लागेको हो ।

यो बीमामा अत्याधिक चाप परेपछि दायित्व बढी सिर्जना भएको कारण समितिले हिजो बिहीबार मात्रै कोरोना भाइरसको बीमा रोक्ने सम्बन्धमा कम्पनीहरुलाई निर्देशन जारी गरेको थियो ।

गत बैशाख ७ गतेबाट सुरु भएको कोरोना बीमा लेख जेठ २३ गतेदेखि केही समयकोलागि स्थगत गरिएकोमा सविककै बीमालेख आजकै मितिदेखि लागू हुने गरी सूचारु गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन गरिएको छ ।

‘सबै मिलेर हामीले यस महामारीमा काम गर्दै छाैं, अब कोरोना बीमाको विषयमा पनि ढुक्क भए हुन्छ’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विकासन्युजसँग भने । साथै, अब जारी हुने बीमालेख आगामी चैत्र मसान्त सम्मकोलागि मात्र जोखिम बहन गर्ने गरी बिक्री गराउनु पर्ने उनले जनाए ।

सम्बन्धित समाचारः

कोरोना बीमा फेरि सुरु भयो, अर्थमन्त्रालय सहयोग गर्न तयार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.