कोरोना बीमा फेरि सुरु भयो, अर्थमन्त्रालय सहयोग गर्न तयार

  २०७७ जेठ २३ गते १४:४८     विकासन्युज

काठमाडौं । कोरोना बीमा फेरि सुरु हुने भएको छ । यो बीमामा अत्याधिक चाप परेपछि दायित्व बढी सिर्जना भएको कारण स्थगित गरिएको कोरोना बीमा दाबी भुक्तानीमा अर्थमन्त्रालय सहयोग गर्न तयार भएपछि पुनः सुरु हुन लागेको हो ।

अर्थमन्त्रालयको असयोगले रोकिएको कोरोना बीमामा सरकारले दाबी भुक्तानीमा सहयोग गर्ने जनाएको छ । नयाँ सहमति अनुसार पहिलो १० हजार बिमितको दाबी भुक्तानी बीमा कम्पनीहरु आफैले गर्नेछन् । यो दाबी भुक्तानी सबै बीमा कम्पनी मिलेर गर्ने हो ।

त्यसपछिको १० हजार बिमितको दाबी भुक्तानी गर्नु परेमा नेपाल पुनर्बीमा कम्पनीले गर्नेछ । सोभन्दा बढी ५ हजार बिमितलाई दाबी भुक्तानी गर्नुपरेमा बीमा कम्पनीहरुमा रहेको महाविपत्ति कोष प्रयोग गरेर दाबी भुक्तानी दिइनेछ ।

यसरी दाबी भुक्तानी गर्दा २५ हजार बिमितको दाबी भुक्तानी हुनेछ । त्यसभन्दा बढी १० हजार बिमितको दाबी भुक्तानी गर्नुपर्ने अवस्थामा बीमा समितिले आफ्नो कोषमा रहेको रकमबाट भुक्तानी दिनेछ । यसरी दाबी भुक्तानी दिदाँ कोरोना बीमा गरेका मात्रै ३५ हजार नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भइसकेको (पीसीआर परीक्षणबाट) हुनेछ ।

सोभन्दा बढीको दाबी भुक्तानी गर्नुपर्ने अवस्थामा सरकारले दाबी भुक्तानी दिने गरी व्यवस्था मिलाइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । यस्तो बीमाको अवधि एक वर्ष भनिएकोमा आगामी चैत मसान्तसम्म मात्रै कायम गरिएको छ ।

सम्बन्धित सामग्री

अर्थमन्त्रालयको असहयोगले कोरोना बीमा अप्ठेरोमा, भोलिदेखि रोकिने

One comment on "कोरोना बीमा फेरि सुरु भयो, अर्थमन्त्रालय सहयोग गर्न तयार"

  • Dipak Sharma says:

    Ani samiti le Bhuktani diney bhanera kaha kun act ani system le bhanya chha. Naak jogauna samiti le j ni garne.. samiti party to insurance hora tirna lai.. leadership ma Khaldo rahechhan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.