कर तिर्ने समयावधि असार ७ सम्म थपियाे

  २०७७ जेठ २१ गते १५:४०     विकासन्युज

काठमाडाैं । सरकारले कर तिर्ने समयावधि असार ७ सम्म बढाएकाे छ ।  चौतर्फी आलोचनापछि सरकारले कर तिर्ने समयावधी असार ७ सम्म बढाएको हाे  ।

आन्तरिक राजस्व विभागले बाँकी रहेका कर तिर्ने म्याद जेठ २५ गते सकिने सूचना जारी गरेकोमा त्यसलाई बढाएको हो । अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म कर तिरे हुनेछ ।

व्यवसायीहरुको प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले अर्थसचिव शिशिरकुमार ढुङ्गानासँग बुधबार बिहान छलफल गरेका थिए । उक्त छलफलमा कर तिर्ने अवधि बढाउन मन्त्रालय तयार भएको हो ।

लकडाउनको समय जेठ ३२ गतेसम्म रहेको तर त्यस अगाडि नै कर बुझाउन भनेपछि व्यबसायीहरुले कर तिर्न नसक्ने बताउदै आएका थिए । आन्तरिक राजश्व विभागले चैत्र मसान्तसम्मको आयकर, अन्तशुल्क र भ्याट विवरण तथा त्यसमा लाग्ने कर तिर्नुपर्ने  सूचना जारी गरेको थियो ।

गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को निर्णयले चैत र वैशाखमा तिर्नुपर्ने करको म्याद जेठ २५ का लागि बढाएको थियो । त्यसयता मन्त्रिपरिषद्ले कर तिर्ने समयावधी बढाउने कुनै निर्णय गरेको छैन । सरकारले जेठ अन्तिमसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको थियो ।

नयाँ सूचनाअनुसार मूल्यअभिवृद्दि करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दास्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७ कायम गरिएको छ ।

यसैगरी, अन्तःशूल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिलाको म्याद पनि असार ७ सम्म नै बनाइएको छ ।

विभागका अनुसार आयकर ऐनअनुसार फागुन, चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउन म्याद पनि ७ नै हो । यस अवधिभित्रै कर दाखिला पनि गर्नुपर्छ । आयकर ऐन बमोजिम चैतमा बुझाउनुपर्ने चालू आवको संशोधित कर अनुमान र दोस्रो किस्ता बुझाउनुपर्ने म्याद उक साता बढी अर्थात् असार १५ हो ।

यसबाहेक फाुगन र चैतको शिक्षा सेवा शूल्क, टेलिफोन स्वामित्व शूल्क र दुरसञ्चार सेवा दस्तुर असार ७ सम्मै बुझाउनुपर्ने छ । लकडाउनका कारण करदाता कर कार्यालय र बैंकसम्म जान सक्ने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.