हिमालयन बैंकले म्याक्स मनिबाट साढे ३१ करोड पायो, बाँकी पैसा किस्ताबन्दीमा ३० महिनाभित्र

  २०७६ पुष ७ गते २०:०८     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले म्याक्स मनीबाट ३१ करोड ४६ लाख रुपैयाँ पाएको छ । मलेसियाको केन्द्रीय बैंक ‘बैंक नाग्रा मलेसिया’ले नेपाल राष्ट्र बैंकको खातामा सोमबार पैसा पठाईदिएको हो ।

बैंक नाग्रा मलेसिया २७ लाख ६० हजार अमेरिकी डलर राष्ट्र बैंकको खातामा जम्मा गरेको जानकारी आफूले राष्ट्र बैंकबाट पाएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए ।

हिमालयन बैंक र म्याक्स मनिबीच रेमिट्यान्स कारोबार गर्दाको लेनदेन विवादमा हिमालयन बैंकको ४९ लाख अमेरिकी डलर फसेको थियो । ‘२७ लाख ६० हजार अमेरिकी डलर आयो । बाँकी पैसा ३० महिनाभित्र मासिक किस्तामा भुक्तानी गर्न सहमति भएको छ’ राणाले विकासन्युजसँग भने –‘बाँकी पैसाको व्याज समेत जोडर आउँछ ।’

म्याक्स मनीसँगको पैसा असुलीमा नेपाल राष्ट्र बैंक र गभर्नर डा. चिरञ्जीवि नेपालको भूमिका निकै महत्वपूर्ण रहेको राणाले बताए ।

हिमालयन बैंकसँगको कारोबारमा विवाद गरेपछि राष्ट्र बैंकले म्याक्स मनिलाई नेपालमा कारोबार गर्न रोक लगाएको थियो । त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपाल आफैले बैंक नाग्रा मलेसियाका गभर्नरलाई पत्र लेखि म्याक्स मनिबाट पैसा असुल गर्न सहयोग मागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.