व्यवसायी रुप ज्योतिको पक्षमा व्यवसायीको प्रदर्शन, सम्मानपूर्वक रिहा गर्न माग

  २०७६ कार्तिक २८ गते ११:३७     विकासन्युज


काठमाडौँ । नेपाल उद्योग बाणिज्य संघ काठमाडौँ व्यवसायी डा. रुप ज्योतिलाई पक्राउ गरिएकोप्रति ध्यानाकर्षण जनाउँदै आन्दोलनमा उत्रिएको छ । बिहीबार बिहान संघको नेतृत्वमा जुद्धशालिक चोक नयाँसडक काठमाडौँमा प्रदर्शन गरिएको छ । प्रदर्शनमा उत्रिएकाहरुले रुप ज्योतिको सम्मानपूर्वक रिहाईको माग गरेका थिए ।

प्रदर्शनमा उत्रिएका संघका अध्यक्ष दिनेश श्रेष्ठले राज्यको अर्थतन्त्रमा विशेष योगदान पुर्याउँदै आएका प्रतिष्ठित, जिम्मेवार तथा वरिष्ठ उद्योगपति/व्यवसायी एवम् सामाजिक रुपान्तरणका अभियन्ता रुप ज्योति र उनका छोरी सुरुची ज्योतिलाई आर्थिक लेनदेनको विवादमा पक्राउ गरिएकोको घटनाले सम्पूर्ण निजी क्षेत्रलाई स्तब्ध तुल्याएको बताए । यो घटनाले नेपाली उद्योगी÷व्यवसायी आतंकित बनेको उनले बताए ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले व्यवसायी डा. रुप ज्योतिको गिरफ्तारीले आर्थिक क्षेत्रमा आतंक सिर्जना गरेको बताए । नेपालमा औद्योगिक बाताबरण बनिरहेको बेला ज्योतिलाई पक्राउ गर्दा नकारात्मक सन्देश गएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.