
काठमाडौँ । उद्योगी तथा पूर्वमन्त्री रुप ज्योति र उनकी छोरीलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँले ज्योति बाबुछोरीमाथि अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो ।
अदालतले यसअघि तीन दिन थुनामा राख्न म्याद दिएको थियो । प्रहरीले ज्योतिलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरेको थियो ।
यता, उद्योगी ज्योतिलाई पक्राउको विरोधमा आइतबार काठमाडौंमा प्रदर्शन भएको छ । उदाय् समाज असनले प्रदर्शन गरेको हो । आइतबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले ज्योतिलाई तत्काल रिहा गर्न माग गरेका थिए ।