सामाजिक सुरक्षा कोषले मुख्य तीन शीर्षकमा कर्जा दिने तयारी

  २०७६ कार्तिक १९ गते १०:०९     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषले शैक्षिक, सामाजिक, घर तथा आवास लगायतका १२ शीर्षकमा कर्जा दिने कार्यविधि मन्त्रिपरिषद्मा पेश गरेको छ ।
पछिल्लो समय सबै नीजि कम्पनी तथा श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा ल्याउने लक्ष्यका साथ उक्त कार्यविधितय गरेको हो । योगदानकर्ताले कोषमा योगदान गरेवापत पाउने सुविधाका अन्य कोषको जस्तो आकर्षक नभएपछि सामाजिक सुरक्षा कोषले श्रमिक आवश्यकतालाई लक्षित गर्दै नयाँ कार्यविधि तयार गरेको सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईले बताईन ।

उनले भनिन् ‘पछिल्लो समय कर्जाकै विषयमा श्रमिकहरु असन्तुष्टि देखिएसँगै शैक्षिक, सामाजिक, घर तथा आवास लगायतका १२ शीर्षकमा कर्जा दिने कार्यविधि पेश गरेका छौं ।’ प्रवक्ता भट्टराईले आगामी दिनमा कोषले ल्याउन लागेको कार्यविधिमा सञ्चय कोष, नागरिक लगानी कोषले प्रदान गर्ने सुविधाभन्दा आकर्षक व्यवस्था ल्याउने मुख्य तिन प्रस्ताव पेश गरिएको बताईन ।

प्रस्तावित कार्यविधि अनुसार कोषमा जम्मा भएका रकम सरकारले जारी गर्ने ऋणपत्र, बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती खाता वा दीर्घकालीन निक्षेप योजना, बैंकिङ्ग क्षेत्र तथा अन्य सीमित दायित्व भएका कम्पनी लगानी गर्ने, वित्तीय क्षेत्रसँग साझेदारी गरी धितो विभाजन गर्ने गरी आपसमा भए अनरुप संयुक्त रुपमा ऋण दिने विषयहरु उल्लेख गरिएको छ ।

पछिल्लो समय कोषमा ८ हजार ८ सय १८ रोजगारदार्ता , एक लाख ९ सय ६८ श्रमिक आवद्ध भएका छन् । त्यस्तै कोषमा ७ करोड ६५ लाख रुपैयाँ रकम कात्तिक १३ गतेसम्म संकलन भएको छ । सबै श्रमिकलाई कोषमा समावेश गर्ने उद्देश्य पुन कोषले समय मंसिर १३ गतेसम्म थप गरेको कोषले जानकारी दिएको छ ।

थप जानकारीका लागि :

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने समय एक महिना थपियो

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.