पाटा नेपाललाई उत्कृष्ट च्याप्टर अवार्ड प्रदान

  २०७६ असोज ७ गते १६:५५     विकासन्युज


काठमाडौँ । पाटा ट्राभल मार्टमा पाटा नेपाललाई उत्कृष्ट च्याप्टर अवार्ड प्रदान गरिएको छ । नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले द एक्सप्लोर नेपाल, नेपाल होलिडे मेकर्स टुर्स एण्ड ट्राभल्स, हिमालयन होलिडेज, फिसटेल टुर्स एण्ड ट्राभल्स र भृकुटी हिमालयन ट्रेक्सलाई कार्यक्रममा सहभागिता गराएको थियो ।

सेप्टेम्बर १८ देखि २० सम्म काजखस्तानको नूरसुल्तान(अस्टाना) मा आयोजित पाटा ट्राभल मार्टको ४२ र्औ संस्करणमा ‘नेपाल पेभिलियन’ अन्र्तगत सक्रिय तथा प्रभावकारी सहभागिता जनाउँदै नेपाललाई जीवन्त अनुभवहरु प्रदान गर्ने गन्तब्यको रुपमा प्रबद्र्धन गरेको जनाइएको छ ।

काजखस्तान पर्यटनद्वारा होस्ट गरीएको पाटा ट्राभल मार्ट २०१९ मा विश्वभरीका ६३ गन्तब्यहरुबाट कुल १२०० सहभागीहरुले सहभागिता जनाएका थिए । जसमा १८० वटा संघ संस्था/कम्पनीहरु तथा ३४ वटा गन्तब्यहरुबाट कुल ३४७ विक्रेता सहभागीहरु र २४४ वटा संस्थाहरु तथा ४८ स्रोत बजारहरुबाट कुल २५२ क्रेताहरु बीच ब्यापार आदानप्रदान तथा गन्तब्य प्रवद्र्धन भेटघाट÷छलफल कार्यक्रमहरु आयोजना गरिएको थियो ।

पर्यटन बोर्ड र पाटा नेपालले मार्टमा अन्तर्रा्ष्ट्रिय एवम स्थानीय सहभागीहरुलाई नेपालको पर्यटन प्रबर्धन र गन्तब्यहरुबारे जान्कारी प्रदान गराएका थिए भने नीजी क्षेत्रबाट सहभागी पर्यटन व्यवसायीहरुले नेपालको प्रोडक्ट प्याकेज तथा व्यापार अवसरहरुबारे विश्वव्यापी क्रेता समक्ष छलफल भेटघाट गरेका छन् ।

नेपाल पेभेलियनमा, ट्रेकिङ्ग तथा साहसिक पर्यटन बाहेक नेपालको संस्कृति, वेलनेस, लक्जरी लगायत अनुभवमा आधारित पर्यतटकीय प्रोडक्ट तथा सेवाहरुकोबारेमा समेत सहभागीहरुले अभिरुची जनाएका थिए । मार्टमा आमन्त्रित क्रेताहरु तथा सहभागीहरु बीच आगामी वर्ष फेब्रुअरी तथा जूनमा आयोजना गरिने नेपाल ईन्डिया चाईना एक्स्पो (नाईस) र हिमालयन ट्राभल मार्ट २०२० को समेत प्रचारप्रसार एवम प्रवद्र्धन गरिएको थियो ।

सेप्टेम्बर २१ तारिखका दिन आयोजित पाटा बोर्ड डिनर तथा च्याप्टर अवार्ड प्रिजेन्टेशन समारोहबीच पाटा नेपाल च्याप्टरलाई लगातार तेस्रो पटक “पाटा बेष्ट एन्गेजमेन्ट विद यङ्ग टुरिज्म प्रोफशनल” अवार्ड प्रदान गरियो । यो अवार्ड पाटाले प्रत्येक बर्ष विश्वभरी रहेका आफ्ना च्याप्टरहरुले युवा पुस्ताहरु संगको संलग्नता तथा सहकार्यमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रदान गरेको योगदान तथा निष्ठाको उच्च मुल्याङ्गनका आधारमा उत्कृष्ट च्याप्टरको रुपमा प्रदान गर्ने गर्दछ । उक्त अवार्र्ड पाटा अध्यक्ष क्रिस बोट्रिल र पाटा सिईओ मारियो हार्डीले पाटा नेपाल च्याप्टरका सिइओ सुरेश सिंह बुडाललाई प्रदान गरेका थिए ।

सो अवसरमा उनले नेपाल भ्रमण बर्ष २०२०, पर्यटन प्रवद्र्धनात्मक गतिविधि तथा संस्थाले गरेका कार्यहरु एवम् भावी योजनाका बारेमा प्रस्तुत गरे । नेपाल पर्यटन बोर्डकी ब्रान्ड प्रबन्धक श्रद्धा श्रेष्ठले नेपालका लागि पाटा ट्राभल मार्टको सहभागिता नेटवर्किङ, व्यापार विस्तार तथा पर्यटन प्रवद्र्धनका लागि संँधै सफल र प्रभावकारी रहेको बताइन् ।

त्यसैगरी पर्यटन बोर्डकी प्रबन्धक अर्चना केसी रानाले आमन्त्रित सहभागिहरुलाई बोर्डको सामाजिक संजालमार्फत नेपाली गन्तव्यहरुबारे अपडेट प्राप्त गर्न तथा अभिप्रेरित गराउने उद्धेश्यले मार्टमा एउटा डिजिटल अभियानको समेत आयोजना गरिएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.