हायर पर्चेजमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दो, पुग्नै लाग्यो २ खर्ब

  २०७६ भदौ ९ गते १४:३०     विकासन्युज

काठमाडौं । हायर पर्चेजमा बैंक तथा वित्तीय संस्थाको लगानी बढेको छ । गएको आवको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाले हायर पर्चेजमा लगानी बढाएर एक खर्ब ८० अर्ब ९५ करोड पुर्याएका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा गत आवमा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ९० करोडले लगानी बढाएका छन् । अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको लगानी एक खर्ब ७१ अर्ब ५ करोड लगानी भएको थियो ।

नेपालीको क्रयशक्तिमा भएको वृद्धि तथा गाडीको किन्ने सौखिनको संख्या थपिंदा कर्जा प्रवाह बढी भएको हो । ‘बढ्दो रेमिटेन्स र उपभोक्ताको सौखिन बानीले आएको परिवर्तन र बैंकले सहजै कर्जा उपलब्ध गराउने भएपछि गाडी किन्ने थपिएका हुुन् ।

पछिल्लो समय मध्यम र निम्न मध्यम वर्गीय परिवारमा सवारी साधनमा आकर्षण बढ्दो छ । अधिक तरलताको चापमा रहेका बैंक तथा वित्तीय संस्थाहरूले छोटो सयम र बजारमा प्रचलित ब्याजअनुसार अटो कर्जा उपलब्ध गराउने भएकाले पनि यो क्षेत्रमा कर्जा बढेको हो ।

ठूला औद्योगिक घरानाको प्रवेशसँगै अटोमोबाइल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी उल्लेख्य रूपमा बढेको छ । कम जोखिम, थोरै लगानी र कम मेहनतमै बढी मुनाफा आर्जन गर्न सकिने र उद्योगको तुुलनामा व्यापारमा बढी फाइदा हुँदा सवारी व्यापारमा ठूला औद्योगिक घराना आकर्षित भएका छन् । एक दर्जनभन्दा बढी औद्योगिक घरानाले यस क्षेत्रमा लगानी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट गाडी किन्नका लागि ५० प्रतिशतसम्म कर्जा लिन पाउँछन् । बढ्दो औद्योगिक घरानाको लगानी र सहज किस्ता भुक्तानीका कारण अन्य व्यवसायको तुलनामा अटो व्यवसाय फस्टाउँदै गएको हो ।

दुई वर्ष अघिसम्म गाडी खरिद गर्दा बैंक तथा वित्तीय संस्थाले कुुल मूल्यमा ६५ प्रतिशतसम्म लगानी गरिदिने भएपछि गाडीमा आम उपभोक्ताको आकर्षण बढेको हो । कुुनै पनि व्यक्तिले गाडी किन्न चाहे कूल मूल्यको ३५ प्रतिशत लिएर बाँकी रकम बैंक तथा वित्तीय संस्थाले फाइनान्स गरिदिने व्यवस्था थियो ।

आव २०७४/७५ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले हायर पर्चेजमा खरिद गर्दा बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था भएपछि खरिदकर्ता नै आधाभन्दा बढीले घटेको थियो । अहिले पनि सो व्यवस्था यथावत नै छ अर्थात गाडी खरिदकर्ताले ५० प्रतिशतसम्म आफैले पैसा तिर्नु गर्नुपर्छ ।

बैंक तथा वित्तीय संस्थाले सामान्यतया पाँच वर्षदेखि अधिकतम ७ वर्षका लागि हायर पर्चेज कर्जा उपलब्ध गराउने गरेको सानिमा बैंकका प्रमुुख कार्यकारी अधिकृत भुुवन दाहालले बताए । ‘उपभोक्ताको इच्छाअनुुसार मासिक तथा वार्षिक रकम भुुक्तान गर्ने गरी अटोमोबाइल्स क्षेत्रमा लगानी गर्ने गरेको छ’, उनले भने ।

अटोलोनमा अंकुुश लगाएपछि खुुम्चिएको अटोको व्यापार केही फस्टाउने देखिएको छ । एकै पटक ठूलो रकम तिर्नुु नपर्ने भएकाले पनि गाडी चढ्ने इच्छा भएका उपभोक्ताको सपना पूरा भएको छ । कर्जा लिने सीमा बढाएको भए अझ राम्रो हुने व्यवसायीको भनाइ छ ।

नाडाका पूर्वअध्यक्ष अञ्जन श्रेष्ठका अनुुसार ८० देखि ८५ प्रतिशतसम्म ग्राहकले बैंकबाट लोन लिएर गाडी खरिद गर्ने गरेका छन् । ‘ब्याजदर माथि छ, सहज ढंगबाट लोन पाइँदैन’, त्यसको असर गाडी खरिदमा परेको उनी बताउँछन् ।

बैंकमा तरलता सहज हुुँदा ६-७ प्रतिशत ब्याजदरमा ८० देखि ९० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध हुुँदै आएको थियो । अहिले ब्याज बढेर १५ प्रतिशतभन्दा माथि पुुगेको छ । ब्याजदरका कारणले पनि गाडी किन्ने आकर्षण घटेको छ । नत्र बजार अझ माथि जान्थ्यो र कर्जा समेत बढ्ने थियो ।

बैंक तथा वित्तीय संस्थाबाट ५ वर्षमा हायर पर्चेजमा भएको लगानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.