चुक्ता पूँजी नपुर्याउने बीमा कम्पनीलाई बीमा समितिले माग्यो स्पष्टिकरण

  २०७६ साउन ७ गते १८:२१     विकासन्युज

काठमाडौ । बीमा समितिले चुक्ता पूँजी नपुर्याउने बीमा कम्पनीहरुसँग स्पष्टीकरण माग गरेको छ । मंगलबार सात दिनको समय तोक्दै बीमा बीमा कम्पनीहरूसँग स्पष्टिकरण माग गरेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीबि चापागाईँले विकासन्यूजसँग भने-‘अहिले हामीले जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीसँग स्पष्टिकरण माग गरेका हौँ,’ यसकालागि हामीले एक साताको समय छुट्याएका छौँ ।’

उनले सो अवधिमा आएको स्पष्टिकरणको आधारमा थप कारवाही गरिने बीमा समितिका अध्यक्ष चिरञ्जीबि चापागाईँले बताए । समितिले जीवन बीमा व्यवसाय गर्ने सूर्या लाइफ इन्स्योरेन्स, गुराँश लाइफ इन्स्योरेन्स र प्राइम लाईफ इन्स्योरेन्सलाई पत्र पठाएको छ ।

राष्ट्रिय बीमा संस्थानको ऐन अलग्गै रहेकाले उक्त कम्पनीलाई केही फरक प्रकृया अपनाइने बीमा समितिले जानकारी दिएको छ । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण स्विकृतीका लागि छिट्टै पेश गर्नु पर्ने बीमा समितिले जनाएको छ ।
निर्जीवन बीमा व्यवसाय गर्ने यूनाइटेड इन्स्योरन्स, एनएलजी इन्स्योरेन्स, प्रुडेन्सीयल कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्सलाई पनि समितिले पत्र काटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.