नामी कलेजका विद्यार्थीलाई जापानमा रोजगारी

  २०७६ साउन ३ गते १८:०८     विकासन्युज

काठमाडौँ । सूचना प्रविधीको क्षेत्रमा कार्यरत जापानको प्रतिष्ठित संस्था ह्युमन रिसोसियासंगको सहकार्यमा जोरपाटीस्थित नामी कलेजमा रोजगार मेलाको आयोजना गरिएको छ ।

विहिबार आयोजनागरिएको यो मेला सोहीकलेजमाबीएससी कम्प्युटिङ विषयअध्ययनगरिरहेकाविद्यार्थीले संयोजन गरेका हुन् । मेलामा विद्यार्थीले ह्युमन सिसोसियाका सदस्यहरुसंग अन्तरक्रिया तथा प्रत्यक्ष अन्तर्वार्तामा सहभागी हुने अवसर पाएका थिए ।

सोहीकार्यक्रममाविद्यार्थीले जापानका प्रतिष्ठित कम्पनीहरुमा रोजगारीकालागिआफ्नो नामदर्ता गराउने मौका पाएका थिए । सूचना प्रविधिसंग सम्बन्धित जापानका अन्य रोजगाररदाता कम्पनीहरु, त्यहाँ रोजगारीमा लाग्दा हुने फाइदा तथा त्यहाँको जीवन शैलीका बारेमा समेत विद्यार्थीहरुले ह्युमन रिसोसियाका रिक्रुटमेन्ट म्यानेजर तासुजी सुगीहारासंग प्रत्यक्ष सम्वाद गरेकाथिए ।

नेपालीविद्यार्थीले जापानमाकामगर्नुअघि पुरा गर्नुपर्ने प्रक्रिया, नेपालीकामदारलाई उपलब्ध गराइने विशेष सहुलियतलगायतकाविषयमा सुगीहाराले जानकारी दिएकाथिए । रोजगार मेलामा बोल्दै कलेजका वरिष्ठ व्यापार प्रवद्र्धन व्यवस्थापक अमरदीप मण्डलले भविष्यमापनि यस्तै रोजगार मेलालाई निरन्तरता दिने बताए ।

उनका अनुसार हरेक वर्ष कलेजले यस्तो मेला गर्दै आइरहेको छ । सोहीकार्यक्रममाउनले नामीमाअध्ययनरत विद्यार्थीलाई रोजगारीमालगाउनकलेजले सक्दो सहयोग गर्ने पनिउनले प्रतिवद्धता जनाए । उनका अनुसार गतवर्ष नामी मै अध्ययन गरेका ६ जनाविद्यार्थी जापानमा काम गर्न छनोट भएका थिए । उनीहरु आगामी सेप्टेम्बरमा त्यता जाने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.