अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, संस्थापक सेयरधनीतर्फ ४ जना सञ्चालक निर्वाचित

  २०७६ असार ३१ गते ९:१३     विकासन्युज


काठमाडौँ । निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्स लिमिटेडले सोमबार प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै सर्वसाधारणका लागि सेयर निष्काशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् । संस्थापक सेयरधनीका तर्फबाट आजाद श्रेष्ठ, रामबहादुर गुरुङ, सागर ुूरुङ र चिरञ्जीवी ध्वा सञ्चालन निर्वाचित भएका हुन् ।

कम्पनीले चालु आवको हालसम्म ४९ हजार ४ सय बीमालेख जारी गरी रु. ४१ करोड बीमा शुल्क आर्जन गर्नुका साथै ३३० वटा दाबी बापत २ करोड ८३ लाख दाबी भुक्तानी गरेको जनाएको छ । त्यसैगरी हाल कम्पनीका संस्थापक सदस्यहरुबाट कायम रहेको चुक्ता पूँजी रु. ७० करोड रहेको छ । लगानीतर्फ ७८ करोड ५ लाख पुगेको छ ।

कम्पनीले प्रधान कार्यालय लगायत प्रादेशिक र शाखा कार्यालय सहित ३० कार्यालय, १ ग्राहक सेवाकेन्द्र र १७ वटा तेश्रो पक्ष बीमा काउण्टर मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले २०७६ बैशाख १ गतेदेखि ३६५ दिननै बीमा सेवा प्रदान गर्दै आएको छ । सेवा छिटो र पारदर्शी बनाउने उद्देश्यले फास्ट ट्रयाक दाबी भुक्तानी नीति अवलम्बन गरी २ लाखसम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.