फाइनान्सियल टेक्नोलोजी सबैभन्दा चुनौती: गभर्नर नेपाल

  २०७६ असार २३ गते १९:१२     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीबि नेपालले फाइनान्सिय टेक्नोलोजी सबैभन्दा चुनौतीको विषय बन्दै गएको बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाको बढ्दो उच्च लागतका कारण मर्जरमा जानु परेको बताउँदै उनले भने- ‘प्रविधिमा दिनप्रतिदिन लगानी बढ्दै गएको छ ।’

सूचना प्रविधिमा ठूलो लगानीको आवश्यकता छ, उनले थपे- ‘बैंक तथा वित्तीय संस्था सवल भए लगानी बढाउन सक्छन् ।’ नीति नियम समय अनुसार परिवर्तन र परिमार्जन गर्नुपर्ने संकेत गर्दै सवल र बलियो बैंक बनाउन मर्जर आवश्यकता भएको जानकारी दिए ।

राष्ट्र बैंकले सोमबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धि छलफल कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

नियामक निकायले लिएको नीतिलाई सबैपक्षबाट सहयोग गर्न समेत उनले आग्रह गरे । ‘बैंक तथा वित्तीय क्षेत्रलाई हेरेर राष्ट्र बैंकले नीति नियमहरू निर्माण र परिमार्जन गर्ने हो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.