तीन महिनासम्म पनि नेपाल बैंकले सीईओ पाएन, छनोट कमिटी गठन गर्दै

  २०७६ असार १६ गते १३:०५     विकासन्युज

काठमाडौं । मुलुककै जेठो बैंक, नेपाल बैंकले ३ महिनादेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नपाएपछि छनोट कमिटी बनाएर नियुक्त गर्ने भएको छ ।

३ महिनाभन्दा बढी समयदेखि प्रमुख कार्यकारी अधिकृत जस्तो जिम्मेवार पद खाली रह्दा पनि कसैले चासो नदेखाएपछि सीईओ छनोट कमिटी गठन गरेर प्रक्रिया अघि बढाउन लागिएको बैंकका अध्यक्ष वासुदेव अधिकारीले बताए । अब हामी छिट्टै सीईओका लागि कल गर्छौँ,’ उनले भने ।

‘सीईओ छनोट गर्न गाह्रो रहेछ,’ उनले भने-‘अब हामी कल गरेर नियुक्त गछौं ।’ सीईओ खाली भएको यो अवधिसम्म कसैले चासो नदेखाएपछि हामीले यो निर्णय गरेका हौं,’ उनले थपे । सनराइज बैंकबाट कार्यावधि सकिएका सीईओ रत्नराज बज्राचार्यले नेपाल बैंकको सीईओ बन्ने इच्छा जाहेर गरेका थिए, तर राष्ट्र बैंकले व्यवस्था गरेको कुलिन पिरेड र उमेर हद उनका लागि बाधक बनेको हो ।

राष्ट्र बैंकले एउटा बैंकमा व्यस्थापकीय जिम्मेवारी बोकेको मान्छे ६ महिनासम्म अर्को बैंकमा गएर सोही जिम्मेवार सम्हाल्न नपाउने व्यवस्था गरेको छ भने ६५ वर्ष उमेर हद ताकेको छ ।

उक्त बैंकमा गत चैत १२ देखि सीईओ पद खाली छ । २०७५ चैत ११ मा सीईओ देवेन्द्रप्रताप शाहको चार वर्षे कार्यावधि सकिएको हो । अन्य वाणिज्य बैंकको तुलनामा सरकारी स्वामित्व रहेका बैंकहरूमा सेवा सुविधा कम हुने भएकाले पनि यसमा आकर्षक कम भएको हो ।

अन्य निजी बैंकमा भने सीईओ खाली हुने वित्तीय सोका लागि दौडधूप शुरु हुन्छ । तर, नेपाल बैंकमा भने यस्तो हुन सकेन । नेपाल बैंकमात्रै होइन, सरकारी स्वामित्व रहेका सबै बैंकको हालत उस्तै हो । सरकारी स्वामित्वको बैंक भएकाले सरकारसँग बैंक डराउछ ।

२८ वटा वाणिज्य बैंकमध्ये अहिले दुई वटा वाणिज्य बैंकमा सीईओ पद खाली छ । लामो समयदेखि ग्लोबल आईएमईले पनि सीईओ नियुक्त गर्न सकेको छैन । सनराइज बैंकले भने असार २ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्ने गरी निरजकुमार श्रेष्ठलाई नियुक्त गरेपनि विवादका कारण हालसम्म कार्यभार सम्हालेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.