सेन्ट जेभियरर्सलाई हराउँदै एनसीसीले जित्यो ‘टीयू बीआईएम क्रिकेट टुर्नामेन्ट-२०१९’

  २०७६ जेठ १० गते १५:२६     विकासन्युज

काठमाडौं । शंकरदेव कलेजले आयोजना गरेकाे ‘टीयू बीआईएम क्रिकेट टुर्नामेन्ट २०१९’ को उपाधि नेपाल कमर्श क्याम्पस(एनसीसी)ले हात पारेको छ । मुलपानी किक्रेट मैदानमा शुक्रबार(आज) भएको अन्तिम खेलमा सेन्ट जेभियरर्स कलेज (एसएक्ससी)लाई हराउँदै एनसीसीले उपाधि आफ्नो पक्षमा पारेको हो ।

टस जितेर बलिङ रोजेको एनसीसीले १७ ओभरमा जम्मा ४ विकेट गुमाएर १४० रनको टार्गेटलाई पुरा गरेको हो । उता सेन्ट जेभियरर्सले भने २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल तयार गरेको थियो । जुन एनसीसीले १७ ओभरमै सजिलै १४० रनको टार्गेटलाई मिट गरी खेल जितेको छ ।

जितसँगै एनसीसीले ३० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता अर्थात रनरअप बनेको सेन्ट जेभिएरर्सले १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाएको छ ।

त्यस्तै, प्रतियोगिताको ‘म्यान अफ द मेडल’ एनसीसीका कप्तानसमेत रहेका दिपेन्द्र मैनालीले जितेका छन् । मैनालीले ट्रफी सहित सपिङ भौचर र स्पेशल फुडको कुपन प्राप्त गरेका छन् ।

यस प्रतियोगिता गत वैशाख ३० गतेदेखि शुरु भएको थियो । जसमा ७ कलेजका खेलाडीहरु सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.