प्यानबाट पछि हट्यो धितोपत्र बोर्ड, बैशाख १ गतेदेखि ५ लाख बढीको सेयर कारोबारमा मात्रै अनिवार्य

  २०७५ फागुन ३० गते ११:४८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैशाख १ गतेदेखि ५ लाख भन्दा बढीको सेयर कारोबारमा मात्रै प्यान अनिवार्य गरेको छ । बोर्ड सञ्चालक समिति बैठकले पाँच लाख भन्दा बढीको सेयर कारोबारमा मात्रै प्यान अनिवार्य गर्ने र सो भन्दा कमको कारोबारीलाई प्यानमा जान प्रोत्साहन गर्ने निर्णय गरेको हो ।

यस अघि बोर्डले बैशाख १ गतेदेखि सबै खाले सेयर कारोबारमा प्यान अनिवार्य गरेको थियो । सेयर बजार सम्वद्ध सबै सरोकार वाला र अर्थमन्त्रालयको राय अनुसार ५ लाख भन्दा बढीको सेयर कारोबारमा मात्रै प्यान अनिवार्य गर्ने निर्णय भएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.