डकनक एपः अस्पतालसम्म पुग्नुपर्ने दिन गए, अब डाक्टर तपाईंको घरमै

  २०७५ माघ १ गते १६:३०     डोमी शेर्पा

काठमाडौँ । के तपाईंलाई थाहा छ नेपालमा पनि घरमै बसिबसि डाक्टर बोलाउन मिल्छ नि ? डाक्टर मात्र होईन तपाईंले आफ्नो ल्याबको टेस्ट, आफुलाई चाहिएको औषधी पनि मगाउन सक्नु हुनेछ ।

डाक्टर अन डिमान्ड प्रालिले संचालनमा ल्याएको मोबाईल एप डकनकले तपाईंलाई सजिलैसँगै आकस्मिक स्वास्थ्य सेवा, औषधी मगाउने, डाक्टर तथा नर्सको सेवा लिने र ल्याब टेष्टका बारेमा जानकारी दिने गर्दछ ।

ब्यस्त जीवनशैली र सहरी क्षेत्रमा लामो ट्राफिक जामका कारण अस्पतालसम्म पुग्न जटिल हुने अवस्थामा यो एप उपयुक्त हुने कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष क्षितिज गौतम बताउँछन् ।

२०७५ साल भदौ १ गतेबाट शुरु भएको यो एपको हालसम्म १५०० जना प्रयोगकर्ता रहेका छन् । नेपालीहरुलाई बुझ्न समय लाग्ने भएपनि यसका प्रयोगकर्ता बढ्ने गौतमको विश्वाश रहेको छ । करिब १ बर्षपछि कम्पनी राजधानी बाहिर जाने लक्ष्य रहेको छ ।

डकनक हाल हिमाल अस्पताल र नोबल अस्पातलसँगको सहकार्यमा रहेको छ । बिस्तारै अन्य अस्पतालसँग पनि सहकार्य बढाउने तयारीमा कम्पनी रहेको छ।

एपले कसरी गर्छ काम ?

यो एप गुगल प्लेस्टोर र आईओएस दुवैमा निःशुल्क उपलब्ध छ । तपाई एन्ड्रोईड प्रयोगकर्ता हुनुहुन्छ भने प्लेस्टोरमा गएर एस एपलाई डाउनलोड गर्नसक्नु हुनेछ । यदी तपाईं आईओएस प्रयोगकर्ता हुनुहुन्छ भने एप स्टोरमा गएर यसलाई डाउनलोड गर्न सक्नु हुनेछ ।

एपमा तपाईंले पहिला आफ्नो बारेमा पूरा विवरण बुझाई लग ईन गर्नुपर्ने हुन्छ । एपमा लग ईन गरिसके पछी एप खोलिन्छ। एपमा चारवटा अप्सनहरु रहेका छन् ।

पहिलो अप्सन गेट डाक्टर नाउ अर्थात डाक्टर अहिले पाउनुहोस् रहेको छ । यसमा गएर तपाईंले आफु वा को बिरामी भएको र त्यसको कारण विवरणमा राख्नुपर्ने हुन्छ । यसबाट तपाईँले आफ्नो सबैभन्दा नजिक रहेको डाक्टरलाई बोलाउन सक्नुहुनेछ। उपत्यकाका धेरैजसो स्थानमा यो सेवा मार्फत ३० देखि ६० मिनेटभित्रै तपाईंकोमा डाक्टर आई पुग्नेछन् ।

डाक्टरले तपाईंलाई घरमा आई जाँच गरेर दिएको औषधी सहित सबै शुल्क गरेर कम्तिमा पनि २ हजार शुल्क लाग्नेछ । कम्पनी अब चाँडै अनलाई पे तर्फ जाने कम्पनीका कर्मचारी चर्चित कट्वालले बताएका छन् ।

एपको दोश्रो अप्सनमा ल्याब टेस्ट अर्थात प्रयोगशाला परीक्षण रहेको छ । यसबाट तपाईंले ल्याबमा परीक्षणको रिपोर्ट घरमै बसि बसि पाउन सक्नु हुनेछ। डोकनकका कर्मचारी आँफैले तपाईंको परीक्षण गर्ने सामाग्री लिएर तपाईंलाई ल्याब टेस्टको रिपोर्ट पनि प्रदान गर्ने गर्दछ। यसको लागि डोकनकले ल्याब टेस्ट बाहेक कुनैपनि रकम लिने गरेको छैन ।

एपको तेस्रो अप्सन अर्डर मेडिसिन अर्थात औषधी मगाउनु होस् रहेको छ । यसबाट तपाईंलाई चाहिएको कुनैपनि औषधी अर्डर गर्न सक्नु हुनेछ । डाक्टरद्वारा तपाईंलाई दिईको प्रेसक्रिपसन पेपरको फोटो अप्लोड गरेर पनि तपाईंले औषधी प्राप्त गर्न सक्नु हुनेछ । औषधी डेलिभरी शुल्क डोकनकले निःशुल्क गरेको छ ।

एपको चौथो अप्सनमा अपोइन्टमेन्ट रहेको छ । यसबाट तपाईंले घरैमा बसिबसि आफूले चाहेको विशेषज्ञसँग भेटका लागि पनि समय सहजै बुक गर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.