बागबजारका घरघरमा ढल पस्याे, स्थानीयवासीकाे विचल्ली

  २०७५ पुष ३० गते ९:४२     विकासन्युज

काठमाडौं। राजधानीकाे केन्द्रबिन्दु बागबजारकाे बस्तीमा ढल पसेकाे छ । राजधानीमा भेल अाउनेगरी पानी परेकाे त छैन तर वागबजारमा बाढी झै ढल सडकमा उत्रिएकाे छ । ढल घरघरमा पस्दा स्थानीयवासी त्रसित भएका छन् ।

सडककाे ढल घरभित्र पसेकाे र घर नै लड्ला जस्ताे भएकाे स्थानीयबासी रजनी खड्कीले बताइन् । ढल भरिएर घरकाे ट्वाइलेटबाट माथि अाएपछि अधिकांशकाे घरभित्र दुर्गन्ध फैलिएकाे छ ।

सडकमा ढल बाढी अाएपछि घरबाहिर निस्कन समेत गाह्राे भएकाे छ । ‘तरकारी  किन्न जान पनि सकिएकाे छैन, जारकाे पानी किन्न जान पनि सकिएकाे छैन’ बागबजारमा डेरा गरी बस्ने काभ्रेकी राधिका पाेखरेलले दुःखेसाे व्यक्त गरिन् ।

ठमेल, जमेल, असनदेखिकाे ढल बागबजारमा जम्मा भएकाे र वागबजारदेखि टुकुचा खाेलामा जाने मुल ढल जाम्म भएकाेले बागबजार ढुवानमा परेकाे २८ वडा अध्यक्ष भाइराम खड्गी प्रकाशले बताए । ढलनिकासमा समस्या अाएपछि स्थानीयबासीबाट दवाव अाएकाे र रातमा निद्रा पनि पर्न छाेडेकाे उनले बताए ।

केही दिनमा नै समस्या समाधान हुने उनले अाश्वासन दिए । काम गर्ने मान्छे नपाएर  काम गर्न  ढिला भएकाे उनकाे भनाइ छ । ‘पैसाकाे कमी छैन तर काम गर्ने मान्छे कम भएकाेले ढिला भएकाे हाे’ अध्यक्ष प्रकाशले भने ।

स्ठानीयवासीले भने ढलनिकास गर्न प्रत्येक घरबाट पैसा संकलन गरिएकाे बताए ।  ‘सरकारले कर पनि बढाएकाे छ । ढल बनाउन पैसा पनि लिएकाे छ । तर ढल निकास बन्द भएकाे एक सातासम्म पनि खाेल्ने काम भएकाे छैन’ स्थानीयबासी कल्याण श्रेष्ठले भने ।

ढल निकासकाे खाेजीकाे लागि ठाउँठाउँमा ठूला खाडल गनिएका छन् । त्यसैले वागबजारकाे भित्री सडकमा सवारी अावागमन पनि ठप्प भएकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.