सामाजिक सुरक्षा कार्यक्रम औपचारिक रुपमा शुरू, सहयोग गर्ने उद्योगीहरुको प्रतिवद्धता

  २०७५ मंसिर ११ गते १३:०९     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमको औपचारिक शुरुवात भएको छ । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

उद्योग वाणिज्य संघका अध्यक्षहरुले सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रमलाई आफ्नो तर्फबाट पूर्ण सहयोग हुने बताएका छन् । सामाजिक सुरक्षा कोषमार्फत् सरकारले सुरु गरेको उक्त कार्यक्रमको सुरुवात गर्ने कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुले त्यस्तो प्रतिवद्दता जनाएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले सामाजिक सुरक्षा सम्बन्धि यस कार्यक्रम घोषणा गरी लागु गरेको यो दिन ऐतिहासिक भएको बताइन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालीहरु विश्व बजारका म्यानेजर हुनसक्ने भन्दै उक्त कार्यक्रमको सफलताको लागि परिसंघकाे तर्फबाट सो कार्यक्रम लागु गराउन सहयोग गर्ने घोषणा गरेका थिए ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्शका कमलेशकुमार अग्रवालले पनि कार्यक्रमका लागि सहयोग गर्ने बताएका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सामाजिक सुरक्षा कोष आगामी दश वर्षमा देशकै सबैभन्दा ठूलो कोष हुने दाबी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.