लेखा समितिमा कंसाकारको बयानः वाइड बडीमा कमा र फुलस्टप पनि बिगारेका छैनौं

  २०७५ मंसिर ९ गते १४:५३     विकासन्युज

काठमाडौं । नेपाल बायु सेवा निगमका प्रबन्ध निर्देशक सुगत रत्न कंसाकारले वाइड बडी जहाज खरिदमा कमा र फुलस्टप समेत नबिगारेको बयान दिएका छन् ।

प्रतिनिधी सभाको सार्वजनिक लेखा समितिमा वाइड बडी जहाज खरिद प्रक्रियाबारे उठेका प्रश्नहरुको जवाफ दिँदै कंसाकारले त्यस्तो दावी गरेका छन् । ‘हामीले वाइड बडि खरिदमा सार्वजनिक खरिद एेन र विनियमालीका प्रत्येक अक्षर र कमा मिलाएका छौं, त्यसको सबै प्रमाण हामीसँग छ’, कंसारकारले भने ।

उनले वाइड बडी ल्याउने प्रयास गर्दा यस अघि पनि आफुलाई जेल हाल्ने प्रयास भएको र अहिले पनि जहाज खरिद प्रक्रिया सम्पन्न गरेपछि निगमलाई डुबाउन अनेकखाले षडयन्त्र भैरहेको आरोप पनि लगाए ।

बैठकमा निगमको कार्यकारी अध्यक्ष मदन खरेलले वाइड बडिलाई संचालन गर्न नसक्दा निगमले घाटा बेहोर्नु परेको बताए । उनले वाइड बडिलाई जापानको नारिता ,ओसाका शहर तथा चीनका बिभिन्न् शहरहरुमा उडाउने तयारी भैरहेको जानकारी पनि दिए ।

हाल निगमसँग ५० अर्बको सम्पति र ३९ अर्ब ऋण रहेको जानकारी पनि बैठकमा गराईएको थियो ।  हाल निगमले साँवा र ब्याज गरि मासिक १ अर्ब १३ करोड रुपैंयाँ बुझाउने गरेको जानकारी पनि बैठकमा गराईएको थियो ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरुले वाइड बडी जहाज खरिद गरिएको हो वा भाडामा ल्याईएको हो ? नागरिक लागनी कोष र कर्मचारी सञ्चय कोषको ३३ अर्ब ऋण त डुब्दैन भन्ने जिज्ञासा राखेका थिए । सांसदहरुले निगम नेतृत्वको कमजोर क्षमताका कारण देशको शानका रुपमा रहेको निगम ओरालो लाग्दै गएको आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.