लगानीकर्ताको रोजाइमा स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल लाइफ इन्स्योरेन्स, हेर्नुस यस्तो छ कारण

<p>काठमाडौं । सेयर बजार घटेका बेला सबैभन्दा बढी सेयर कारोबार स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । सोमबार बजार ३ अंकले गिरावट आएका बेला यी दुई कम्पनीको बढी सेयर किनबेच भएको छ । लगानीकर्ता दुई कम्पनीको सेयर किन्न झुम्मिएका छन् । स्ट्याण्डर्डको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँ घटेर ८२० रुपैयाँमा कारोबार [&hellip;]</p>

काठमाडौं । सेयर बजार घटेका बेला सबैभन्दा बढी सेयर कारोबार स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ ।

सोमबार बजार ३ अंकले गिरावट आएका बेला यी दुई कम्पनीको बढी सेयर किनबेच भएको छ । लगानीकर्ता दुई कम्पनीको सेयर किन्न झुम्मिएका छन् । स्ट्याण्डर्डको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँ घटेर ८२० रुपैयाँमा कारोबार भएको छ । सोमबार स्ट्याण्डर्डको १ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै नेपाल लाइफको पनि सेयर मूल्य ६ रुपैयाँ घटेर प्रतिकित्ता १ हजार ५० रुपैयाँ कायम भएको छ । सोमबार नेपाल लाइफको १ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार घटेदै गएपछि कुल कारोबार रकम पनि कम हुदै गई २० करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

दुबै कम्पनीको सेयर मूल्य सस्तो हुदै गएको छ । दुबैं कम्पनीको सेयर मूल्य २ हजार रुपैयाँ माथि थियो ।
स्ट्याण्डर्डले लगानीकर्तालाई १०० प्रतिशत बोनस सेयर दिइसकेको छ । यस्तै नेपाल लाइफले साढे ७० प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ ।

दुबैंको सेयर मुल्य सस्तो भएपछि लगानीकर्ताको आकर्षण बढेको एक ब्रोकरले बताए । वित्तीय अवस्था राम्रो हुनुका साथै आगामी वर्षमा पनि राम्रो प्रतिफल दिने लोभमा लगानीकर्ताले सेयर किनेको ती ब्रोकरको विश्लेषण छ ।

सोमबार वित्त समूहको सेयर सामान्य बढेको छ भने अन्य समूहको घटेको छ । नेप्से परिसुचक १ हजार १९२ रुपैयाँमा झरेको छ ।

 

Share News