नेरुड लघुवित्त विकास बैंकको साधारणसभा पुस २९ गते, २०.६८ प्रतिशत लाभांश दिने

<p>&nbsp; काठमाडौं । नेरुड लघुवित्त विकास बैंकले २०.६८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको पुस २९ गते हुने ११ औं वार्षिक साधारणसभामा लाभांश दिने प्रस्ताव पेश हुने भएको छ । बैंकले ३ करोड ९७ [&hellip;]</p>

 

काठमाडौं । नेरुड लघुवित्त विकास बैंकले २०.६८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश दिने भएको हो ।

बैंकको पुस २९ गते हुने ११ औं वार्षिक साधारणसभामा लाभांश दिने प्रस्ताव पेश हुने भएको छ । बैंकले ३ करोड ९७ लाख ८० हजार रुपैयाँ बराबरको बोनस सेयर र २ करोड ३५ लाख १३ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव सभामा पेश हुने जानकारी दिएको छ ।

यस्तै बैंकको अधिकृत पुँजी ३० करोडबाट बढाएर ४० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभामा पेश हुने भएको छ । सभाले साधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

Share News