काठमाडौं । गत बिहीबारदेखि परेको अबिरल बर्षाका कारण काठमाडौं भित्रने नाकाहरू प्राय ठप्प भएपछि त्यसको सोझो असर हरेकको भान्छासँग जोडिएको तरकारीमा परेकोे छ । साखै बाढी पहिरोको सामना खेप्नु नपरेको काठमाडौं बासीहरूले तरकारीमा भाउमा भने चर्को मूल्य भने व्यहोर्नु परेको छ । तीनदिन यता तरकारीको मूल्यमा ५० देखि ७५ प्रतिशतसम्म मूल्य भएको छ ।
औसतमा ७५ रुपैयाँ प्रतिकेजी गोलभेँडाको मूल्य एक सय २५ रुपैयाँ पुगेको छ भने ६५ देखि ७० रुपैयाको काउलीको मूल्यपनि उस्तै छ । प्याजको मूल्य ६० बाट ९० रुपैयाँ पुगेको छ । भान्छामा दैनिक प्रयोग हुनेसमग्र तरकारीको मूल्यमा खुद्रा मूल्यमा वृद्धि भएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको एक साता अघिको मूल्य र आजको मूल्य हेर्ने हो भने खासै अन्तर नदेखिएको समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । ‘कालिमाटी तरकारी बजारको होलसेल मूल्य प्याज, आलु तथा गोडभेँडाको मूल्यमा केही अन्तर आएपनि अन्य मूल्यमा १० देखि १५ रुपैयाँको मात्र अन्तर आएको छ,’ उनले भने ‘ तर, खुद्रे व्यापारीले भने शतप्रतिशत मूल्य बढाएर बिक्री गर्ने गरेका कारण उपभोक्ता मारमा पर्ने गरेको उनले बताए ।
अनावश्यक प्रपोगाण्डा मच्याएर वास्तविकता अवस्थाको मूल्यांकन नै नगरी अत्यधिक मूल्य बढाउने परिपाठी रहेको भनाइ छ । केही सानो कुरा भयो कि त्यसको प्रत्यक्ष असर तरकारीमा पर्छ, वास्तवमा त्यति धेरै मूल्य भने बढेको नहुने उनले बताए ।
त्यहि किलोमा १० देखि २० रुपैयाँसम्म बढेपनि आम उपभोक्ताको घरघरमा पुग्ने टोलटोलका खुद्रे पसलमा भने तरकारीको भाउ नगन्य बढी सकेको छ ।
औसतमा ७० रुपैयाँ प्रति केजीमा पाइने गोलभेँडा, घिउ सिमी, परवलको मूल्य एक सयभन्दा माथि छ । काउलीको मूल्य एकसयभन्दा माथि अर्थात एक सय २५ रुपैयाँसम्म छ । भन्टा तथा तितेकरेला ७० रुपैयाँ छ भने प्याजको मूल्य प्रति केजीको एक सय रुपैयाँभन्दा माथि छ ।
कतिपय व्यवसायीले ठाउँ, पसल, ग्राहक हेरर तरकारीको मूल्य गर्ने गरेको पनि पाइन्छ । रेगु्लर आउने ग्राहकलाई एकाथरि भाउ हुन्छ भने कहिले काँही बाटो पर्दा किन्ने ग्राहकको लागि भिन्दै भाउ लिने गरेको पाइन्छ । घट्टेकूलो एक तरकारी व्यापारीले रेगुलरलाई भन्दा कहिले काहिँ आउने ग्राहकलाई प्रति केजीमा १० देखि १५ रुपैयाँसम्म बढी लिएर तरकारी विक्री गर्दा रहेछन् भने नक्सालका व्यापारीमा पनि यस्तै भेटिएको छ । सामान एउटै मूल्य भने दुई थरी स्वयम व्यापारीहरू नै राख्ने गरेका छन् ।