सामसुङ ग्यालेक्सी जे७ म्याक्स नेपाली बजारमा, मूल्य २८ हजार २९० रुपैयाँ मात्र

<p>काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले हालै सामसुङ ग्यालेक्सी जे७ म्याक्स मोबाइल नेपाली बजारमा भित्र्याएको छ । नेपालमा सर्वाधिक रुचाइएको स्मार्ट फोन जेसिरिज अब उत्कृष्ट विशेषताहरुले सुसज्जितभई जे७ म्याक्सका रुपमा प्रस्तुत गरिएको छ । यसमा नवीनतम विशेषताहरु जस्तै फिङ्गर प्रिन्ट सेन्सर र फेस रिकग्निसन, उच्च कार्य क्षमताका लागि ४ जिबी र्यामतथा ३२ जिबी मेमोरि तथा अन्य उत्कृष्ट [&hellip;]</p>

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले हालै सामसुङ ग्यालेक्सी जे७ म्याक्स मोबाइल नेपाली बजारमा भित्र्याएको छ । नेपालमा सर्वाधिक रुचाइएको स्मार्ट फोन जेसिरिज अब उत्कृष्ट विशेषताहरुले सुसज्जितभई जे७ म्याक्सका रुपमा प्रस्तुत गरिएको छ । यसमा नवीनतम विशेषताहरु जस्तै फिङ्गर प्रिन्ट सेन्सर र फेस रिकग्निसन, उच्च कार्य क्षमताका लागि ४ जिबी र्यामतथा ३२ जिबी मेमोरि तथा अन्य उत्कृष्ट विशेषता रहेका छन् ।

आइएमबिज, सामसुङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले “सामसुङ कम्पनीले आम उपभोक्तहरुको माग दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै हामीले ग्यालेक्सी जे७ म्याक्स मोबाइल बजारमा ल्याएका हौं । यसमा भएका अद्वितीय विशेषता सुरक्षा, उत्कृष्ट कार्य क्षमताको लागि ४ जिबी र्यामतथा ३२ जिबी रोम मेमोरि तथा नबीनतम फिचरहरु जस्तै एस बाइक मोड, एस सेक्योर, एस पावर प्लानिङ, स्मार्टग्लो र एडेप्टिभ वाइफाई जस्ता सुविधाहरुले गर्दा यो डिभाइसले अग्रणी स्थान प्राप्त गर्ने छ” भन्ने कुरा उल्लेख गरेका छन् ।

क्यामराःकम उज्ज्यालोमा पनि चहकिलो र उत्कृष्ट फोट खिच्न सकिने

जे७ म्याक्समा १३ एमपीको फ्रन्ट क्यामरा र फ्ल्यास रहेको छ, जसमा एफ१.९को लेन्स लगाइएको छ भने ब्याक क्यामरामा एफ१.७ लेन्सको साथै फ्ल्यास पनि रहेको छ । यस्तो विशेष सुविधायस अघि सामसुङका अग्रणी मोबाइलहरुमा मात्र उपलब्ध रहदै आएका थियो । यसमा प्रयोग भएको लेन्सले कम उज्यालो भएको अवस्थमा पनि उत्कृष्ट फोटो तथा सेल्फि खिच्न सक्दछ ।

उत्कृष्ट कार्यक्षमता

ग्यालेक्सी जे७ म्याक्समा भएको १.६जिएचजेड ओक्टा-काेर प्रोसेर, फोरजीबी र्यामले निर्बाद रुपमा मल्टि टास्किङको सुविधा प्रदान गर्दछ । यसमा भएको ब्याट्रिले विना रुकावट निरन्तर कार्य गर्दछ । ज्यादा टिकाउहुने ब्याट्रिले समग्र मोबाइलको कार्य क्षमतालाई चुस्तता एवम् भरपर्दो अनुभव प्रदान गर्दछ । यसमा भएको मेटल युनिबडीले स्मार्टफोनलाई अझ स्टाइलिस बनाएको छ ।

ठूलो स्क्रिन र सुधारिएको सुरक्षा

जे७ म्याक्समा एफएभडी स्क्रिन रहेको छ जसले गेमहरु खेल्दा र मुभिहरु हेर्दा सहजता प्रदान गर्दछ । यसमा भएको टचमा आधारित फिङ्गर प्रिन्ट सेन्सर, वेभसाइटमा एकाउन्ट भेरिफाइ सुविधा, तथा फेस रिकग्निसन जस्ता प्रमाणिकरण सुरक्षा रहेका छन् ।

युटिलिटिएवम् सर्भिसेज

यसमा भएको एडेप्टिभ वाइफाई जुन बाइफाइ रेन्जभित्र रहँदाको अवस्थामा स्वतः एक्टिभ हुन्छ भने वाइफाई रेन्जबाहिर रहदाँआफै निष्कृय हुन्छ । यो विशेषताले गर्दा मोबाइल डाटा बचत हुन जान्छ ।

जे७म्याक्स मोबाइलमा भएको डियूल म्यासेन्जर फिचरले म्यासेजिङको लागि थप सहजता प्रदान गर्दछ । यो सुविधाले गर्दा मोबाइलमा दुई कपि एप्स इन्स्टल गर्न सकिन्छ र दुई भिन्न भिन्न एकाउन्टबाट लगिन गरी च्याट गर्न पनि सकिन्छ ।

अर्को सुविधाभनेको इन्स्टा स्विचिङहो यो नयाँ सुविधाले एप्स र होम स्क्रिनमा भर्टिकल स्वीप गरी सहजै स्वीच गर्न सकिन्छ ।

कम्पनीका अनुसार हालको अफर अन्तर्गत जे७ म्याक्स सेट २८ हजार २९० रुपैयाँमा खरिद गर्न सकिन्छ । कालो र सुनौलो रंगमा उपलब्ध ग्यालेक्सी जे७ म्याक्स मोबाइल अगष्ट १ देखि रिटेल स्टोरमार्फत् उपलब्ध हुँदै आएका छन् ।

Share News