जलविद्युत विकास कम्पनीको ‘व्याज खाने साउजी’को रुपमा स्थापित हुँदै, सेयरपुँजीको ३ प्रतिशत लगानी

<p>काठमाडौं । जलविद्युत क्षेत्रमा लगानी गर्न पुँजी जुटाउने उदेश्यसहित स्थापना भएको जलविद्युत विकास तथा लगानी कम्पनी लिमिटेड ‘व्याज खाने साउजी’ कम्पनीको रुपमा स्थापित हुँदै गएको छ । यस कम्पनीले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा ५१ करोड रुपैयाँ आम्दानी गरेको छ । त्यसमा व्याज आम्दानी मात्रै ५० करोड ६९ लाख रुपैयाँ रहेको छ । सरकारसँग [&hellip;]</p>

काठमाडौं । जलविद्युत क्षेत्रमा लगानी गर्न पुँजी जुटाउने उदेश्यसहित स्थापना भएको जलविद्युत विकास तथा लगानी कम्पनी लिमिटेड ‘व्याज खाने साउजी’ कम्पनीको रुपमा स्थापित हुँदै गएको छ ।

यस कम्पनीले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा ५१ करोड रुपैयाँ आम्दानी गरेको छ । त्यसमा व्याज आम्दानी मात्रै ५० करोड ६९ लाख रुपैयाँ रहेको छ । सरकारसँग ८ अर्ब र सर्वसाधारणसँग २ अर्ब गरी १० अर्ब सेयरपुँजी संकलन गरेको यस कम्पनीले पैसा बैंकमा निक्षेप राखेर व्याज आम्दानी मात्र गरि बसेको छ ।

१० अर्ब सेयर पुँजी भएको यस कम्पनीले अहिलेसम्म जम्मा ३३ करोड रुपैयाँ लगानी गरेको छ । कुल पुँजीको ३.३ प्रतिशत लगानी गर्नु र बाँकी पुँजी बैंकमा निक्षेप मात्र राख्नुले यो कम्पनीको कार्यसम्पादन क्षमता ज्यादै कमजोर देखाउँछ ।

चालु आर्थिक वर्षमा जलविद्युत विकास कम्पनीको कमाई प्रति सेयर ४ रुपैयाँ ५१ पैसा मात्र हुने भएको छ । १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीले चैत मसान्तसम्ममा ३३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

Share News