नेकपा एमालीले सदन अवरुद्ध गर्यो, अपराह्न ३ बजे बस्ने गरी बैठक स्थगित

<p>काठमाडौं । सरकारका तर्फबाट आफूले उठान गरेका विषयमा चित्तबुझ्दो जवाफ नपाएपछि नेकपा (एमाले) ले व्यवस्थापिका–संसद्को बैठक पुनः अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले सदनको मङ्गलबारको बैठकमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराई/मधेसका केही जिल्लाका स्थानीय तहका सङ्ख्या र सीमा पुनरावलोकन गर्न लागेको हो रु भन्ने प्रश्नको जवाफ सरकारसित माग गरेको थियो । [&hellip;]</p>

काठमाडौं । सरकारका तर्फबाट आफूले उठान गरेका विषयमा चित्तबुझ्दो जवाफ नपाएपछि नेकपा (एमाले) ले व्यवस्थापिका–संसद्को बैठक पुनः अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले सदनको मङ्गलबारको बैठकमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराई/मधेसका केही जिल्लाका स्थानीय तहका सङ्ख्या र सीमा पुनरावलोकन गर्न लागेको हो रु भन्ने प्रश्नको जवाफ सरकारसित माग गरेको थियो ।

उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले सदनको आजको बैठकमा सो प्रश्नमा दिएको जवाफमा एमालेले चित्त नबुझाएपछि बैठक सञ्चालन हुन सकेन । प्रतिपक्षी दलका सांसदहरु आ–आफ्ना आसनबाट उठेपछि सभामुख ओनसरी घर्तीले आजै अपराह्न ३ बजे बस्ने गरी बैठक स्थगित गरे ।

निर्वाचनमा सबैले भाग लिन सुनिश्चितताका लागि पुनरावलोकनः  उपप्रधानमन्त्री थापा

यसअघि बैठकमा उपप्रधानमन्त्री थापाले संविधानको कार्यान्वयन, आसन्न स्थानीय तहको निर्वाचनमा सबै दलले भाग लिनसक्ने सुनिश्चितता र आन्दोलनरत मधेसी मोर्चा÷गठबन्धनका मागलाई सम्बोधन गर्न तराईका केही जिल्लाका स्थानीय तहका सङ्ख्या र सीमा पुनरावलोकन गर्न लागिएको सदनसमक्ष जानकारी गराए ।

उनले कुन कुन जिल्लाको पुनरावलोकन गर्न लगिएको भन्ने सदनमा जानकारी गराउनुभएन तर पुनरावलोकन गर्न लागिएका सम्बन्धित जिल्लाका प्राविधिक समितिबाट सिफारिस भई आउने सङ्ख्या र सीमाको अन्तिम टुङ्गो सदनमा प्रतिनिधित्व गर्ने दलका सहमतिमा गरिने स्पष्ट पारे ।
यसपछि प्रमुख प्रतिपक्षी दलका सांसदले आ–आफ्नो आसनबाट उठी सदन चल्न दिएका थिएनन् ।

Share News