नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

काठमाडौं । नापी कार्यालय, धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ । 

मिथिला बिहारी नगरपालिका वडा नं ३ का ३१० परिवारलाई लालपुर्जा वितरण गरिएको हो । 

साबिक मिथलेश्वर महुवाही  वडा नं। १, २, ३, ४, ५, ६, ७, ८ र ९ अन्तर्गत पर्ने  स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/०७३ मा सम्पन्न भएको थियो ।

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । 

विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३१० थान जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय, धनुषाले जनाएको छ ।

पुर्जा प्राप्त गरेसँगै उनीहरूले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।

Share News