ब्यारेक छाडेर बेपत्ता ९ सशस्त्र प्रहरीलाई ७ दिनको अल्टिमेटम

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले लामो समयदेखि बिदा तथा आफुखुसी लाइन–ब्यारेक छाडेर गैरहाजिर रहेका ९ जना सशस्त्र प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ । कार्यालयले सम्बन्धित कर्मचारीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र गैरहाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो । 

गैरहाजिर रहेकाहरुमा सशस्त्र प्रहरी जवान रामा गिरी, भानुभक्त बुढाथोकी, प्रेमबहादुर खत्री, अनिल लुहार, उमेश रुपचा, होमेचन्द्र राई, रमेश लिम्बु रहेका छन् । यस्तै, सशस्त्र प्रहरी परिचर (सप्रप) महेन्दर पासी र विकास राई रहेका छन् । उनीहरू सशस्त्र प्रहरी बलका विभिन्न बाहिनी, गण, गुल्म तथा अन्य कार्यालयमा कार्यरत रहेको जनाइएको छ । 

कार्यालयका अनुसार बिदा तथा आफुखुसी लाइन–ब्यारेक छाडेर गएपछि उनीहरू कुनै किसिमको सम्पर्कमा समेत नरहेको पाइएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

null

Share News