सेयर बजारमा ४ अर्ब २७ करोडको कारोबार

काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३७ अंकले घटेर २६४३ बिन्दुमा झरेको छ । 

नेप्सेका अनुसार १०१ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

शुक्रबार ३४४ कम्पनीको ९७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एग्रिकल्चरल बोन्डको भएको छ । एग्रिकल्चरलको ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै खानीखोला हाइड्रोको १७ करोड, लिर्बटी इनर्जीको १६ करोड र न्यादी गुप्रको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्टसको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

Share News